युवा साहित्य सर्जक सञ्जीव छेत्रीलाई पहिलो असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिने

Share this news

रसाङ , (निसं)ः खरसाङ क्षेत्रका युवा साहित्य सर्जक सञ्जीव छेत्रीलाई पहिलो असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिने भएको छ। खरसाङ पञ्चायत समितिको तर्फबाट यसपालीदेखि खरसाङ खण्ड क्षेत्रका विभिन्न विधामा योगदान दिने विशिष्ट व्यक्तिहरुको नाममा विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिने घोषणा गरिएको छ। यसपालीदेखि खरसाङ पञ्चायत समितिको तर्फबाट शुरु गरिएको विभिन्न सम्मानहरुमा खरसाङ खण्ड अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँ निवासी युवा स्रष्टा एवं कथाकार सञ्जीव छेत्रीलाई असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिने भएको छ। उनीसितै चमनसिंह गुरुङ स्मृति खेलकूद सम्मान खरसाङ्को सन्त मेरिज निवासी एंव भारतीय महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक क्रिस्पिन छेत्रीलाई प्रदान गरिने भएको छ। त्यसरी नै प्रतापसिंह लोहार स्मृति संगीत सम्मान तीनधारे निवासी बरुण रसाइलीलाई प्रदान गरिने भएको छ भने फादर आब्राहाम शैक्षिक सम्मान गाड़ीधुरा निवासी जुनियर स्यान्टिस किरण बराइकलाई प्रदान गरिने भएको छ। उक्त सम्मानहरु आगामी 15 अगस्तको दिन लाटपञ्चार खेल मैदानमा आयोजना गरिने 79 औँ स्वतन्त्रता दिवस समारोहमा प्रदान गरिने भएको छ। उक्त विभिन्न सम्मानहरु खरसाङ पञ्चायत समितिको तर्फबाट प्रत्येक वर्ष प्रदान गरिने भएको छ। युवा सर्जक सञ्जीव छेत्रीले लामो समयदेखि भारतीय नेपाली साहित्यको सेवामा विशिष्ठ योगदान दिन्दै आईरहेका छन्‌‍ भने उनी हाल खरसाङ्मा ज्ञानकुञ्ज बुक्स नामक प्रकाशन हाउसमार्फत्‌‍ पनि साहित्य सेवामा निरन्तर लागि परेका छन्‌‍। सञ्जीव छेत्रीको पहिलेबाट नै धेरै कृतिहरु प्रकाशित छन्‌‍। उनको संयुक्त गजल संग्रह तरल मुटुहरु प्रकाशित छन्‌‍? जुन भारतीय नेपाली साहित्यमा पहिलो गजल संग्रह मानिन्छ। उनको साँचो जस्तै कथाहरू नामक कथा संग्रह प्रकाशित छन्‌‍, जसले 2016 को युवा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए। उनले थुप्रै पत्र-पत्रिकाहरु सम्पादन पनि गरिसकेका छन्‌‍ भने उनको कथा, कविता, गजल र गीत संग्रहहरु प्रकाशोन्मुख छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ