खरसाङ सुपर लीग 2025 मा युकेएफसी र खरसाङ स्पोर्टिङ क्लब विजय

Share this news

खरसाङ, 13 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको आठौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको आठौँ दिनको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत युकेएफसी अनि आईटीआई टुङ्माझ सम्पन्न भयो। यस टुर्नामेन्टमा युकेएफसीका खेलाड़ीहरूको दबाव खेलको अवधिभर देखियो। आईटीआई टुङ्का खेलाड़ीहरूले खेलमा वापसी गर्ने सक्दो प्रयास गरे तापनि असर्थ बने, तिनीहरूले कुनै गोल गर्न सकेनन्‌‍। यस प्रकार यो खेल युकेएफसीले शुन्यको विरुद्ध 6 गोलले जितेको छ। युकेएफसीका क्याप्टन जर्सी नम्बर 6 रुस्तम प्रधानले 3 गोल गरे भने जर्सी नम्बर 10 पंकज थापाले 1 जर्सी नम्बर 8 रोहित तामाङले 1 अनि जर्सी नम्बर 7 नयन तामाङले 1 गोल गरे। दोस्रो खेल च्याम्पियन डिविजन अन्तर्गत सन्तमेरिज एफसी अनि खरसाङ स्पोर्टिङ क्लबमाझ सम्पन्न भयो। यस खेलमा दुवै दलका खेलाड़ीहरूले आफ्नो खेलको असल प्रदर्शन गर्दै खेले। फलस्वरुप सन्तमेरिज एफसीका खेलाड़ीहरू 2 गोल गर्न सफल भए भने खरसाङ स्टोर्टिङ क्लबका खेलाड़ीहरूले 5 गोल छिराए। यो खेलमा खरसाङ स्पोर्टिङ क्लबले सन्तमेरिज एफसीलाई 2 गोलको विरुद्ध 5 गोल गरेर जितेको छ। यस खेलमा खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ी जर्सी नम्बर 14 कुमार मंग्रातीले 1 गोल, जर्सी नम्बर 17 आकाश रोकाले 2 गोल, जर्सी नम्बर 9 राकेश तामाङले 1 गोल अनि जर्सी नम्बर 21 अभिषेक तामाङले 1 गोल गरेका थिए। यसै गरी सन्तमेरिज एफसीका खेलाड़ी जर्सी नम्बर 11 अमु शेर्पाले 1 गोल अनि जर्सी नम्बर 9 रोमेल छेत्रीले 1 गोल गरेका थिए। आइतवार आठौँ दिनको खेलको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका रेफरीहरू नितेश देवान, अरविन्द छेत्री, रेवीका प्रधान, सलमा राईले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ