खस भारतीय हितकारी सम्मेलनद्वारा छैटौँ वार्षिक सम्वर्द्धना समारोह सम्पन्न

Share this news

खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समिति तथा अप्पर सोनादा शाखाको आयोजनामा छैटौँ वार्षिक सम्वर्द्धना समारोह सम्पन्न भएको छ। यस समारोहलाई सोनादा आञ्चलिक समितिको सभापति प्रताप छेत्रीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान उपस्थित रहेका थिए।अतिथिहरुको बाहुलीबाट दीप प्रज्ज्वलन गरेर थालिएको कार्यक्रममा स्वागत सम्भाषण सोनादा आञ्चलिक समितिको मूल सचिव राजेन छेत्रीले राखेका थिए भने स्वागत नृत्य सम्भवी छेत्रीले अप्पर सोनादा शाखाको तर्फबाट प्रस्तुत गरेका थिए। कार्यक्रममा कविता वाचन प्रयत्न कार्की, लोवर रमिते शाखाबाट प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा खस प्रेरणा सम्मान आनन्द छेत्री अनि अर्पणा छेत्रीलाई प्रदान गरिएको छ। कार्यक्रममा गीत गायक अमर शर्माले प्रस्तुत गरेका थिए भने नृत्य श्रद्धा छेत्रीले लोवर रमिते शाखाको तर्फबाट प्रस्तुत गरेका थिए भने 11 माईल प्रशान्तिग्राम शाखाको तर्फबाट पनि प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा माध्यमिक तथा उच्च माध्यमिक परीक्षा 2024 अनि 2025 मा सर्वोकृष्ट अङ्कद्वारा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान पनि जनाइएको छ। यस अवसरमा जीटीए टप्पर अभिमन्यु भण्डारीलाई सम्वर्द्धना पनि जनाइएको छ। कार्यक्रममा उपस्थित प्रमुख अतिथि जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानलाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेस चौहानले आफ्नो सम्बोधनमा भने, मानव जातिमा तीन प्रकारका दिमाग हुन्छ, एउटा सानो दिमाग, एउटा साधारण दिमाग र एउटा ठूलो दिमाग। सानो दिमागले मान्छेको चर्चा गर्न सिकाउँछ, साधारण दिमागले घटनाको चर्चा गर्न सिकाउँछ अनि ठूलो दिमागले जीवनको चर्चा गर्न सिकाउँछ। हामी कुन दिमाग लिएर हिँड्दैछौँ? हामी जीवनको वैचारिक चर्च गर्ने ठूलो दिमाग लिएर हिँड्नुपर्छ। विद्यार्थीहरु नानीहरु पनि वैचारिक दिमाग लिएर हिँड्नुपर्छ।‌’उनले अघि भने, म प्रशंसासित डराउँछु, कारण प्रशंसाले अघि बढ्नु दिन्दैन। म प्रशंसासित अघि बढ्नु सक्दिन।‌’राजेस चौहानले कार्यक्रममा खस हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिको तर्फबाट सम्मान जनाइएको छ जसलाई विद्यार्थीहरुले प्रशंसालाई मात्र होइन जीवनमा सफल हुन वैचारिक चर्चालाई पनि अघि बढ़ाउने आह्वान्‌‍ गरेका छन्‌‍। कार्यक्रममा सेक्सोफोन धून कलाकार सुनिल कोइरालाले प्रस्तुत गरेका थिए। कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष मदनकुमार मिश्रले सम्भाषण राखेका थिए। कार्यक्रममा अध्यक्षीय सम्भाषण समारोहको अध्यक्ष सोनादा आञ्चलिक समितिको सभापति प्रताप छेत्रीले राखेका थिए।कार्यक्रमलाई समिर छेत्रीले सञ्चालन गरेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खस हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिको सभापति प्रताप छेत्री र मूल सचिव राजेन छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ