खरसाङ, (निसं): खरसाङको पंखाबारी रोडस्थित आचार्य भानु पथमा रहेको
को अवसरमा 10 दिवसीय ब्रज गुरू जप शुरु भएको छ। गत 26 जुलाईदेखि शुरू गरिएको उक्त बज्र गुरु जापको तेस्रो दिन पनि पूजा अर्चना गरिएको गुम्बाका धर्म गुरू लामा डुपलाले बताएका छन्। उनले कार्यक्रम सूचीबारे बताउँदै आगामी 4 अगस्तको दिन बज्र गुरुको कु (मूर्ति) खरसाङ बजार वरिपरि परिक्रमा गराउने जानकारी गराएका छन्। उनले बताए अनुसार यस अवसरमा छिमेकी राज्य सिक्किमको देउरालीस्थित छोरतेन गुम्बाबाट रिम्पोर्छे लाछुङ तुलकु रिम्पोर्छेको हातबाट वाङ अभिषेक हुने पनि जनाएका छन्। उनले यस अवसरमा गुरु रिम्पोर्छेको प्रवचनहरु पनि दिइने साथै गुरु रिम्पोर्छेको मूर्ति परिक्रमा गरिने जसको उद्देश्य शान्ति र समृद्धिको लागि हुने पनि बताइएको छ।









