तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

Share this news

तीनधारे ,18 जुलाई(निसं): तीनधारेमा पहिलोपल्ट 10 किलोमीटरको म्याराथन आयोजना गरिने भएको छ। तीनधारे रनर्स र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको संयुक्त आयोजनामा ‌’तीनधारे हिल 10 किलोमीटर रन‌’ आयोजना गरिने भएको छ। तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने भनिएको उक्त म्याराथनलाई लिएर आज बिहान तीनधारेमा ट्रायल रनको आयोजना गरिएको थियो। उक्त ट्रायल म्याराथन तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूल परिसरबाट शुरु भएर गोलाई पाखास्थित वी लभ तीनधारेसम्म आयोजना गरिएको थियो। यसै अवसरमा तीनधारे हिल 10 किलोमीटर रनको लागि पञ्जीकरण गर्नलाई अनलाइन र अफ्‌‍ फारम दुवैको लागि उदघाटन गर्दै शुरुवात गरिएको छ। तीनधारेमा हुने भएको तीनधारे हिल 10 किलोमीटर रनमाथि आज भएको ट्रायल रनमा उपस्थित अतिथिहरु क्रमैले क्षेत्रीय सभासद नवराज छेत्री, पूर्व फुटबल खेलाडी धर्मराज थापा, शिक्षक प्रवीण राई र युवराज सुन्दास, युवा शक्ति खरसाङ महकुमा समितिको कार्यकारी सचिव अनुप गदाल, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सचिव अनिल राई, एल्डर मसीह प्रकाश मोक्तान लगायत अन्यहरु उपस्थित रहेका थिए। यसको साथै उक्त म्याराथनको लागि जर्सीहरु पनि अनावरण गरिएको छ। तीनधारेमा आयोजना गरिने भनिएको तीनधारे हिल 10 किलोमीटर रन‌’ लाई लिएर तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारेमा पहिलोपल्ट ‌’तीनधारे हिल 10 किलोमीटर रन‌’ आगामी 7 सेप्टेम्बरमा हुने भएको र यसमा क्षेत्रीय, राज्य र राष्ट्रिय स्तरका रहनहरुले भाग लिन सक्ने र यसको लागि आजदेखि अफ लाइन र अनलाइन पनि पञ्जीकरणको लागि खोलिएको जानकारी गराएका छन्‌‍। सभासद नवराज छेत्रीले यस म्याराथनमा सबैलाई भाग लिनलाई अनुरोध गरेका छन्‌‍। उनले यो म्याराथन तीनवटा वर्गमा आयोजना गरिने र यसमा पुरुषवर्ग, महिलावर्ग र 45 वर्षमाथिका उमेर भएकाहरुका लागि आयोजना गरिने जानकारी गराएका छन्‌‍। यस विषयमा तीनधारेका रनर मनिष माझीले पत्रकारहरुलाई सम्बोधन गर्दै तीनधारेमा पहिलोपल्ट म्याराथन 10 किलोमीटर र 6 किलोमिटरको आयोजना हुन लागेको र यो म्याराथन ड्रग्स रोकथामको सचेतनाको लागि आयोजना गरिने पनि बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ