धोतरिया नव निर्मित स्मारकमा शहिद दिवस पालन

Share this news

दार्जीलिङ,28 जुलाई(निसं): धोतरिया चियाबारीमा नव निर्मित शहिद स्मारक परिसर अफिस गाउँमा 27 जुलाई  शहिद दिवस भव्यरुपमा शहिद वेदी संरक्षण समिति धोतरियाको आयोजना  सम्पन्न गरियो।
गत वर्ष 27 जुलाईको शहिद दिवसमा जिर्ण अवस्थामा रहेको शहिद वेदीलाई पुण: निर्माण गर्नहेतु गठन गरिएको शहिद वेदी संरक्षण समितिको पहलमा आज उक्त नव निर्मित शहिद स्मारकमा सहिद दिवस पालन साथै यसको अनवरण गरियो, जसमा बौद्ध धर्मावलम्बीहरुबाट विधिवत बुम-पाठ गरियो भने हिन्दु धर्मबाट ब्राह्मणको पक्षबाट शहिदहरुको चिर शान्तिको निम्ति शान्ति पाठ पुजा अर्चना साथै ईशाई धर्मावलम्बीबाट प्रार्थना सभा राखिएको थियो।
जसको प्रमुख अतिथि क्रमैले रंगबुल-धोतरिया -रम्बुक समष्टिका सभासद साथै जीटीए सभाका डिपुटी चियरमेन राजेश चौहान,पूर्व पार्षद एनबी प्रधान,अनि इन्डियन ग‍ोर्खा जनशक्ति फ्रण्डका केन्द्रीय श्रमिक संगठन भापति डीके गुरुङ रहेका थिए। अतिथिहरुमा क्रमैले धोतरिया-कलेजभेली ग्राम पञ्चायतका प्रधान,रंगबुल ग्राम पञ्चायतका प्रधान,खुखिया पोखरी खण्डका कर्म अध्यक्षद्वय जीवन प्रधान,हिम्मत प्रधान,जीएनएलएफ केन्द्रीय सदस्य अरुन राई,ब्राञ्च कमिटीका सदस्य रबिन राई,इन्डियन जनशक्ति फ्रण्डबाट समष्टि संयोजक सुवद तामाङ,प्रजातान्त्रिक मोर्चा रंगबुल धोतरिया समष्टिाट सचिव पेमा तामाङ लगायत पाँच शहिद परिवार उपस्थित थिए।
गोर्खाल्याण्ड आन्दोलन विगत 1986 सालमा वीर शहिदहरुको वलिदानको गाथा आजको स्मरण गर्दै सभासद राजेश चौहानले आफ्नो वक्तव्य मा समझना गरे अनि भव्यरुपमा निर्माण गरिएको शहिद वेदी प्रसंसा गर्दै चिरकाल सम्म शहिदहरुको वलिदानप्रति रीणी रहेको बताए यसरनै पूर्व पार्षद एन०बी० प्रधानले बक्तव्यको क्रममा जी०एन०एल०एफ० का पूर्व संस्थापक अध्यक्ष सुवास घिसिङलाई स्मरण गर्दै शहिद किन हुनुपरयो जस विषयमा अवगत गराउदै माटो र जातिको अस्मिता को आन्दोलन 1986 समरमा यी वीर आफ्नो जातिले प्राण आहुती दिएर शहिद बनेर कालेबुङको मेला ग्राउन्डमा भारत-नेपालको सन्धि जलाउदा वीर गति प्राप्त गरेका संन्तानहरुको स्मरण 27 जुलाईलाई शहिद को रुपमा घोषणा गरिएको बताए यसरी नै इन्डियन गोर्खा जनशक्ति फ्रण्डका केन्द्रीय श्रमिक नेता डीके गुरुङले आफ्नु वक्तव्यमा शहिदहरुलाई सम्झना गर्दै कुनै पार्टी झण्डा र रंग नहेरेर जातिको निम्ति एक जुट भएर काम गर्नपर्ने अनि लक्ष्यसम्म पुग्न सकिने विचार व्यक्त गर्दै यसरी नै समग्रमा शहिद दिवस सबैले मनाउन पर्ने बाताए। कार्यक्रमका सभापति संरक्षण समितिका सभापति निमा गोले थिए भने कार्यक्रम सञ्चालन संरक्षण समितिका सचिव रोशन चाम्लिङले गरेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ