भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पक्का लाईन प्रशाखा गठन

Share this news

सोनादा,26 जुलाई(निसं): मार्गरेट्स होप पक्का लाईन जनकल्याण संस्थान अनि पक्का लाईन ग्राम सुधार समितिको अनुमोदनमा गत एक सप्ताह अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पक्का लाईन प्रशाखा गठन प्रक्रिया आरम्भ भएको थियो जसमा सर्वसम्मतिद्वारा रुपेन सार्कीलाई सभापति अनि विशाल खालिङलाई मूलसचिवको भार प्रदान गरिएको थियो। त्यसको एक सप्ताहभित्रमा पक्का लाईन प्रशाखा समितिको पूर्ण समिति गठन गरी समष्टिमा अनुमोदनको निम्ति पठाउनुपर्ने निर्णयलाई शिरोपर राख्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ-सन्तमेरिज समष्टिका सभापति नुरी शेर्पाको विशेष उपस्थितिमा पक्का लाईन प्रशाखा समिति पूर्ण रुपले गठन गरियो, जसमा निम्नलिखित सदस्य-सदस्यागणलाई सर्वसम्मतिको साथ चयन गरियो। यसमा सभापति रुपेन सार्की, उप सभापति प्रमोद राई, मूल सचिव विशाल खालिङ, सह सचिव केशप छेत्री, कोषाध्यक्षा पवित्र राई, ङ्गसह-कोषाध्यक्षा प्रिया ठकुरी आदि चयन भएका छन्‌‍। त्यसरी नै सल्लाहकार समूहमा डीके थापा, सत्य खालिङ, रमेश राई, जेबी गजमेर, बहादुर सुब्बा, मणिकुमार राई, शंकर राई, सुवास लेप्चा, किशोर कार्की, जयकुमार राई, मिलन लामा, प्रेमकुमार राई आदि चयन भएका छन्‌‍ भने 14 जनाको कार्यकारी सदस्य सदस्याहरु चयन भएका छन्‌‍। जयकुमार राईद्वारा सञ्चालन गरिएको उक्त सभामा समष्टिका पदाधिकारीगण, गोराबारी-मार्गरेट्स होप ग्राम पञ्चायतका प्रधान, पञ्चायत सदस्य-सदस्यागण, पञ्चायत समिति सदस्यगण, समाजका वरिष्ठ सदस्य-सदस्यागण लगायत स्थानीय ग्रामवासीहरुको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ