बंगालमा गणतन्त्र बचाउन अविलम्ब राष्ट्रपति शासन लगाउनुपर्छ: महिला मोर्चा

Share this news

दार्जीलिङ30 जुन(निसं): जनताको सुरक्षा र गणतन्त्र रक्षा हेतु बंगालमा अविलम्ब राष्ट्रपति शासन बाहेक अहिले अर्को विकल्प छैन भनी भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला महिला मोर्चा अध्यक्षा चन्द्रकला एक प्रेस विज्ञप्तिमा भनेकी छन्।भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला महिला मोर्चा अध्यक्षा चन्द्रकला राईले विज्ञप्तिमा भनेका छन्, महिला मुख्यमन्त्री भएको राज्यमा नारी- महिलाहरु नै सुरक्षित छैन। कोलकाता आरजी कर हस्पिटलमा नारी डाक्टरको हत्या, कलेजमा उनले भनिन् , एमसी छात्र नेताद्वारा छात्रामाथि बलात्कार,मुर्शीदावादमा  हिन्दु महिलाहरुमाथि उत्पीडन, सन्देशखालीमा महिलाहरुमाथि उत्पीडन र सिलगढीमा गोर्खा छात्राको निर्मम हत्या जस्ता धेरै घटनाहरुले प्रमाण गर्छ बंगालमा महिलाहरु पटक्कै सुरक्षित छैन। बंगालको शासन व्यवस्था पक्षपातपूर्ण छ। पूलिस प्रशासन सबै ममताको सुसारे भएका छन्। जनताको गणतन्त्र र सुरक्षा हेतु आवाज उठाउँदा केन्द्रीय मन्त्री सुकान्त मजुमदार समेतको मर्यादालाई वास्ता नगरी गिरफ्तार गर्ने अशोभनीय चरित्र अति निन्दनीय छ। हामी यस्तो अगणतान्त्रिक सरकारी नियतको विरोध गर्छौ।  बंगालमा गणतन्त्र नै छैन।
बंगालमा एकपछि अर्को घोटालाहरु हुँदैछन्।  शिक्षक नियुक्ति घोटाला, कोईला घोटाला, ग्रुप सी र डी पदमा नियुक्ति  घोटाला, प्राथमिक शिक्षक नियुक्ति घोटाला,पशु ओसारपसार घोटाला,सयदिने रोजगारमा व्यापक घोटाला र बंगलादेशीहरु घुसपैठमा घोटालाहरुले राज्यको चारतर्फी बदनाम भएको छ। राज्यमा भ्रष्टाचारको संस्कृति फलेको र फुलेको छ। मन्त्रीहरु र टिएमसी नेताहरु नै भ्रष्टाचारको  कारण जेलबन्दी छन्। राईले अझ भनिन् , नैतिकताको आधारमा ममता व्यानर्जीले राजीनामा दिनुपर्ने हो। तर ममता व्यानर्जीले यस्तै सरकार चलाइरहेकी छिन्।  राज्यमा कुशासनको कारण जनतामाथि झण्डै सात लाख करोडको ऋणको बोझ पुगिसकेको राईले आरोप लगाएकी छन्। उनले अझ भनिन्,  राज्यको अर्थ व्यवस्था डमाडोल छ। सुप्रिम कोर्टद्वारा निर्देश हुँदा पनि बंगालको कर्मचारीहरुका 25 प्रतिशत समयमा दिनु नसक्ने स्थितिमा सरकार पुगेको छ। जसको कारण बंगालका जनता संकटकालिन स्थितिमा जाकिएका छन्। सबै व्यवस्थापनमा ममता बेनर्जी सरकार पूर्णरूपले असफल भइसकेको छ। अहिले सरकार, जनतालाई डर धम्की, हत्या,हिंसा र बलात्कारहरु ढाकछोप गरेर जसरी होस् सरकारको बचाउ गर्ने  षड्यन्त्रकारी योजना गर्न लागेका छन्। जसको कारण बंगालमा  जनताको सुरक्षा असम्भव छ। अब बंगालमा गणतन्त्र बचाउन र जनतालाई सुरक्षा दिनु हो भने अविलम्ब राष्ट्रपति शासन लगाउनुपर्छ। यो बाहेक अर्को विकल्प अहिले छैन। बंगालको भुक्तभोगी जनताले केन्द्रीय सरकारमाथि यही उम्मीद लिएर बसेका छन्।

President's-rule-imposed-immediately-to-save-the-republic-in-Bengal

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ