आन्दोलनमा डढेको पञ्चायत कार्यालयको नयाँ भवन उद्घाटन

Share this news

कैजले,30 जुन(निसं): शुक्रवार एक औपचारिक  कार्यक्रमको साथमा दार्जिलिंग पूलबजार खण्ड अधिनस्त कैजले ग्राम पञ्चायत कार्यालयको तल्लो तलामा रहेको तीनवटा कोठाहरुलाई मर्मती गरी पुनः उपयोग योग्य बनाएर विधिवत् रूपमा उद्घाटन गरियो। कार्यक्रममा जीटीए कृषि विभागीय सभासद सतिश पोख्रेल, दार्जीलिङ-पुलबजार खण्ड पञ्चायत समिति भाइस चियरमेन पेम्बा मोक्तान ग्राम पञ्चायत प्रधान प्रमिला लामा, पञ्चायत समिति सदस्य जेबी मगर, ग्राम पञ्चायतको सम्पुर्ण प्रशासनीक अधिकारीगण वार्ड सदस्यहरु लगायत सर्वसाधारणको बिशेश रूपमा उपस्तिथ थियो। वैदिक मन्त्रो उच्चारणको साथमा ग्राम पञ्चायत प्रधान प्रमिला लामाको बाहुलीबाट रिबन काटेपछि भवनको विधिवत रूपमा उद्घाटन गरियो। लगभग 17 लाख 37 हजार रुपियाँको निर्माण खर्चमा निर्माण गरिएको उक्त भवनले ग्राम पञ्चायत प्रशासनिक कार्यालय  अपुरो कोठाहरु पूरा गरिने बताइएको छ। यसका साथै नवनिर्मित कोठाहरुले ग्राम पञ्चायतको शोभा बढेको तथा हालसम्मको असुविधाहरुलाई पुरा गरिएको ग्राम पञ्चायत सदस्य रुपकचन्द्र तामाङले बताए भने पुरानो मुर्खे प्रवृत्ति  नेतृत्वहरुको कारण पहाडले हालसम्म दुख पाइरहेको तथा भत्काउने र डढाउने सस्कारले पहाडलाई कहिले भलो नहुने उनले बताए।  रहोस गत 2027 सालको गोर्खाल्याण्ड आन्दोलनको क्रममा उक्त कार्यलयमा आगजनी भएपछि नष्ट भएको थियो भने माथिल्लो तलालाई पुनः निर्माण गरि प्रयोग ल्याउन शुरु गरिएको भए पनि तल्लो तला हालसम्म खण्डर सरह रहेको थियो।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ