दार्जीलिङ, 3 जुलाई(निसं): दार्जीलिङ नगरपालिका क्षेत्रको नम्बर वार्ड 7, राजबाडीका स्थानीयवासीहरूसँग जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापा भेटघाट गर्ने क्रममा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजीफ) पार्टीका संजय छेत्री अनि दिपङ्कर दर्नालले आईजीजीफ संस्थापक तथा पार्टी संयोजक अजय एडवर्ड्सलाई छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टीमा सामेल भए।
यस कार्यक्रममा सदर एक समष्टिका अध्यक्ष पारस छेत्री र नगरपालिकाका पार्षद विष्णु मल्ल अनि पनि साथमा उपस्थित थिए।
राजबाडीको जनताले उदय सेवा संघ भवनको माथिल्लो तल्लामा बहुउद्देश्यीय हल निर्माण गर्ने माग राखेको कुरा पार्टी सुत्रले बताएको छ। यस योजनाको विभागीय निरीक्षण भइसकेको छ र अब चाँडै नै हलको निर्माण कार्य सुरु हुने जानकारी जीटीए चिफ एक्ज्युकेटिभ थापाले उपस्थितहरूलाई दिए।
यसै भेट्घाटको क्रममा आईजीजेएफ समर्थक संजय छेत्री र दिपङ्कर
दर्नालले बीजीपीएम-को सोच र कार्यशैली मन पराएर पार्टीमा प्रवेश गरिएकोमा उनीरूलाई पार्टीमा हार्दिक स्वागत गरिएको चिफ एक्ज्युकेटिभ थापाले बताएका छन्।
दर्नालले बीजीपीएम-को सोच र कार्यशैली मन पराएर पार्टीमा प्रवेश गरिएकोमा उनीरूलाई पार्टीमा हार्दिक स्वागत गरिएको चिफ एक्ज्युकेटिभ थापाले बताएका छन्।संगठन बलियो भएमा मात्र पार्टी दिगो रहन्छ। पार्टीका कार्यकर्ताहरू सचेत र जोशिला रहँदा पार्टी सधैं जीवित रहन्छ। आजको दिन पार्टीको सङ्गठन समाजको अभिन्न हिस्सा बनेको छ। त्यसैले बीजीपीएम केवल मुखले मात्र नभई कार्यमा पनि जनता केन्द्रित पार्टी बन्न सफल भएको छ। यसको सारा श्रेय पार्टी नेतृत्व र कार्यकर्ताहरूलाई जान्छ भनी चिफ एक्ज्युकेटिभ थापाले भने।









