डा. महेशको पठनका केही पक्ष-को लोकार्पण

Share this news

दार्जीलिङ, 8 जुलाई(निसं): सोमबार एक कार्यक्रमको साथमा घुम-जोरबंगलो महाविद्यालयका प्राध्यापक डा. महेश दाहालद्वारा लिखित पठनका केही पक्ष- कृतिको विधिवत लोकार्पण गरियो। घुम जोरबंगलो महाविद्यालयको प्रेक्षागृहमा प्रा. चन्दन थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रा. हिमाञ्जली तामाङ, प्रा. विशाल विश्वकर्मा, प्रा. सुन्दर तामाङ लगायत अन्य विद्वानहरूको उपस्थित थियो।
कार्यक्रममा प्रा. विशाल विश्वकर्माले उक्त कृतिभित्रका अध्ययन-पत्रहरू अनुसन्धानका विविध पक्षहरूलाई विशेष महत्त्व दिदै पृथक दृष्टिकोण र विविध विधाहरूलाई समेट्ने प्रकारका रहेको टिप्पणी गरे भने लोकार्पण गरेको कृतिले नयाँ आयम थप्नेमा विश्वास गरे। यसैगरी अध्यक्ष प्रा. चन्दन थापाले निरन्तर सक्रिय रूपमा अध्ययन र लेखनमा समर्पित डा. महेश दाहालको यो कृतिले उनीलाई थप विशेष परिचय दिने विश्वास व्यक्त गर्दै कृति सबैले एकपटक पढनुपर्ने बताए। अर्कोतिर सर्जक डा. दाहालले कृतिको प्रकाशनमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्तित्वहरू, मिरभ प्रकाशन, कवि कर्ण विरह तथा घुम- जोरबंगलो महाविद्यालय परिवारप्रति विशेष आभार प्रकट गरे भने सबैले एकपटक पढेर प्रतिक्रिया दिने अनुरोध गरे। कार्यक्रमको सञ्चालन प्रा. जतिन थापाले गरेका थिए। स्मरण रहोस, सर्जक दाहालको हालसम्म दशवटा कृतिहरु प्रकाशित भईसकेका छन जसमा आफ्नै खोजेको ससार कविता सग्रह (2009) प्रेरणा अनुभुतिका कविता सग्रह (2012), रंगहीन तरङ सयुक्त रुवाई सग्रह (2013), भुलेर आफैलाई गजल सग्रह (2014), प्रहरका तप्कना कविता सग्रह (2015), आकृति केहि कृतिका समालोचना सग्रह (2019), इस्वरभन्दा माथि सयुक्त रुवाई सग्रह (2022), धस्काइहरु मा उभिनु छ कविता सग्रह (2024) तथा पठनका केही पक्ष अध्ययनका पत्रहरु (2025) रहेको छ भने ईश्वर खुम्चिन्दै गयो- प्रकाशनको निम्ति तयारी रहेको छ। यसबाहेक दाहालले विभिन्न पत्र-पत्रिकामार्फत धेरैवटा कविता समालोचक लगायतका विभिन्न विधाहरुमा कलम चलाइरहेका छन्।




Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ