मजुवा ग्रामको दुइवटा संसद स्वच्छ गाउँ घोषित

Share this news

मजुवा, 9 जुलाई : पुल-बिजनबारी खण्ड विकासको पहलमा स्वच्छ भारत अभियानको कार्यक्रम मजुवा ग्रामबाट शुरू गरिएको छ।जसमा मजुवा ग्रामका दुइवटा संसद स्वच्छ गाउँ घोषित भएको छ। पहिलो चरणको कार्यक्रममा दार्जीलिङ पुल-बिजनबारी खण्ड विकास अधिकारी सत्यन गोईन, खण्डविकास सह-अधिकारी देनुका राई, मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चा, उप-प्रधान सरिता सुब्बा,ग्राम सचिव कुशल सुब्बा आदिको उपस्थितिमा स्वच्छ भारत अभियान अन्तर्गत मैला कुचेला आदिको छनौट गर्दै प्लास्टिकलाई  रिसाइकलिङको निम्ति एकत्र गरियो। बिजनबारी खण्ड अन्तर्गत मैला कुचेला बोक्ने वाहनलाई मजुवा ग्रामबाट नै सञ्चालनमा ल्याइएको अधिकारी गोईनले बताए। पुल-बिजनबारी खण्डको पहिलो कार्यक्रममा नै मजुवा ग्राम संसद 1 अनि 3 लाई स्वच्छ गाउँको घोषित गरिएको छ। यसै सन्दर्भमा बोल्दै खण्ड विकास सह-अधिकारी देनुका राईले भने यो दुइवटा संसद मात्र होइन सम्पूर्ण मजुवा ग्राम नै स्वच्छ ग्रामको रूपमा चाँडै देख्न पाउँ, तर हाम्रो उदेश्य खण्ड विकास बिजनबारी नै स्वच्छ खण्ड भनेर पुल-बिजनबारीलाई घोषित गर्नु रहेको बताए।
 स्वच्छ भारत अभियानको मैला कुचेलाको पक्षहरू सिध्याएपछि डा.राधाकृष्णन उच्चत्तर माध्यमिक विद्यालयमा सचेतना कार्यक्रमको आयोजना गरियो।
 स्वच्छ भारत अभियानलाई लिएर मजुवा ग्राम पञ्चायत अनि विद्यालयको संयुक्त आयोजनामा सम्पन्न प्लास्टिक प्रतिबन्ध विषयमाथि सचेतना गराउदै दार्जीलिङ पूल-बिजनबारी खण्ड विकास अधिकारी सत्यन गोईन, खण्डविकास सहअधिकारी देनुका राई, मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चा, उप-प्रधान सरिता सुब्बा, सचिव कुशल सुब्बा, स्वच्छ भारत अभियान दार्जीलिङ जिल्ला संयोजक अनि विद्यालयका प्रधान अध्यापक पीके राईले स्वच्छ भारत अभियान सम्बन्धमा उपस्थित जनसाधारण लगायत विद्यार्थीहरूलाई प्लास्टिक प्रयोगबाट हुने नकारात्मक पक्षहरूको विस्तृत जानकारी गराउँदै जनसाधारणले नै जति सक्दो प्लास्टिकजन्य कुराहरूको प्रयोग नगर्ने अपिल गरे ।शिक्षिका भावना प्रधानले स्वागत मन्तब्य राखेको कार्यक्रमलाई शिक्षक सत्यम् राईले सञ्चालन गरेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ