नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): नेपाली साहित्य सम्मेलन, दार्जीलिङले आगमी १३ जुलाईको दिन गत वर्षहरुमा झैं दुई सत्रमा भानु जयन्ती सम्पन्न गर्ने निश्चय गरेको छ । प्रथम सत्र बिहान 8:30 बजी भानु सरणी,चौरस्तामा वर्तमान अध्यक्ष डा. चन्द्रकुमार राईको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं नेपाली भाषा परामर्श समिति, साहित्य अकादेमी, दिल्लीका पूर्व सदस्य सीताराम काफ्लेको प्रमुख आतिथ्यतामा आदिकवि भानुभक्त आचार्यको 211औं जन्म जयन्ती भव्यताकासाथ सम्पन्न हुनेछ। यस अवसरमा सर्वप्रथम पण्डित मोतीलाल ब्राह्मणबाट वेद मन्त्रोच्चारणकासाथ रामायण पाठ प्रस्तुत हुनेछ।‌यसपछि उपस्थित सम्पूर्ण महानुभावर्ग, विभिन्न संघसंस्था, दर्शकगण साथै विद्यार्थीहरुबाट भानुभक्त आचार्यका सालिकमा माल्यार्पण भए पश्चात् मूल सचिव महेन्द्रकुमार प्रधानले स्वागत् भाषण प्रस्तुत गर्नेछन्, त्यसपछि अखिल भारतीय हितकारी संघ, केन्द्रीय समिति,‌ भजन मण्डलीका सदस्यहरूबाट खैंजड़ी नृत्य प्रस्तुत हुनेछ। यसपछि, विभिन्न शैक्षिक संस्थानका विद्यार्थीवर्गबाट रामायण पाठ र खुल्ला कविता गोष्ठी आयोजन हुने भएको छ भनी सम्मेलनबाट प्रेषित विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा जनाइए अनुसार, अन्त्यमा, प्रमुख अतिथिबाट सम्भाषण प्रस्तुत भएपछि अध्यक्षीय सम्बोधनकासाथ धन्यवाद ज्ञापन पछि शतवार्षिकी वर्षको 211औं भानुजयन्ती समारोहको प्रथमार्द्ध कार्यक्रम समापन हुनेछ। उत्तरार्धको कार्यक्रम सम्मेलनको सूधपा सभागृहमा 12:30 बजी अपराह्न वरिष्ठ कविवर टेकध्वज जिम्बा ‘आशा’ को प्रमुख आतिथ्यतामा एवंरीतले वेदमन्त्र पाठ, सरस्वती बन्दना, स्वागत् भाषण, रामायण पाठ, बाल साहित्यकार डा.‌ साङमू लेप्चाप्रति सम्मान संवर्द्धना अर्पण गरिनेछ। त्यसपछि, केही कविहरूबाट कविता वाचन भएपछि प्रमुख अतिथिको सम्भाषण प्रस्तुत हुनेछ अनि अध्यक्षीय सम्बोधनकासाथ धन्यवाद ज्ञापन भएपछि शतवार्षिकी वर्षको भानुजयन्ती समारोह समापन हुनेछ।अतः उक्त दुवै स्थानको कार्यक्रममा सम्मेलनका सदस्यवर्ग, असदस्यगण, भाषा-साहित्य प्रेमी, शुभचिन्तकगण, समाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, विभिन्न व्यवसायी,‌ संघसंस्थाका प्रतिनिधिगण सबैलाई आ-आफ्नो उपस्थिति दिनु भएर कार्यक्रमलाई शोभायमान तुल्याई दिनहुन नम्र निवेदन गरी सम्मेलनबाट प्रेषित विज्ञप्तिमा जनाइएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ