बिजनबारी, 11` जुलाई (निसं) घर पालित तथा भुस्याह कुकुरहरूलाईप लिएर बिजनबारीमा एक दिने नसबन्दी शिविरको आयोजना गरेको छ। दार्जीलिङ पुलबजार खण्ड प्राणी सम्पदा विकास विभाग, बिजनबारीको पहलमा तथा बिजनबारी पुलबजार ग्राम पञ्चायतको सहयोगमा आज भएको शिविरमा लगभग 21 भन्दा धेर घर पालित तथा भुस्याह कुकुरहरूको नसबन्दी गरिएको छ। बिजनबारी खेलमैदान स्थित सार्वजनिक भवनमा भएको शिविरमा बिजनबारी-पुलबजार ग्राम पञ्चायतका प्रधान पद्मा सुब्बाले अवलोकन गर्दै उनले भनिन्, बिजनबारी बजारमा भुस्याह कुकुरहरूको बढदो जन संख्या कारण नै मानिसहरूलाई हिडडुल गर्न धेरै जोखिमपूर्ण बनिसकेको थियोे। अब यस प्रकारको पशु जन्म नियन्त्रण तथा भुस्याह कुकुरहरूको नसबन्दी गर्नले भुस्याह कुकुरहरूको रगरगी घट्नेछ । यसका साथै भुस्याह कुकुरहरूबाट मानिसहरूमाथि हुने आक्रमणदेखि मानिसहरूले छुटकारा पाउने विश्वस्त रहेकी सुब्बाले बताइन् ।शिविरमा पशु आश्रय लेबुङबाट डा.रिगेल लामा अनि उनका टोलीको उपस्थिति रहेको थिए भने दार्जीलिङ पुलबजार खण्ड प्राणी सम्पदा विकास विभाग,बिजनबारीका बीएलडीओ डा.उत्तममणि प्रधान, एमभीसी अधिकारी डा.साङ्गे चोनी लामा, एलडीए बिष्णु भण्डारी, एमभीसी कर्मचारी आशिका सुब्बा (पाखरिङ्ग) लगायतका अन्यहरूको उपस्थिति थिए। यसरी क्षेत्रवासीको हितमा आएर शिविर गरिदिएकोमा सचिव मणिइजम सुब्बाले विभागप्रति कृतज्ञता जनाएका छन।









