स्वतन्त्रता दिवसको तयारीलाई लिएर खरसाङमा सभा सम्पन्न

Share this news

आगामी स्वतन्त्रता दिवसलाई लिएर तयारी गर्दै खरसाङ नगरपालिकाको पहलमा आज खरसाङमा एक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनको चेयरम्यान ब्रिगेन गुरूङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आगामी स्वतन्त्रता दिवस समारोह पालनलाई लिएर विभिन्न सर सल्लाहहरु र कार्यक्रम विषयमा छलफल गरिएको छ। सभामा खरसाङ क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुका विद्यालय प्रमुखहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र जनप्रतिनिधिहरु उपस्थित रहेका थिए। सभालाई सभासद श्याम शेर्पा, प्रेमेन्द्र गुरूङ, जोगेन्द्र प्रसाद, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, सभाध्यक्ष खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ लगायत अन्यहरुले वक्तव्य राखेका थिए। वक्ताहरुले आगामी स्वतन्त्रता दिवस समारोह विषयमा सल्लाह सुझावहरु राखिएको थियो। सबैले विभिन्न प्रकारका सल्लाह सुझावहरु राखेपछि सभाध्यक्ष ब्रिगेन गुरुङले अध्यक्षीय सम्भाषण राखेका थिए। उनले सभामा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी सभामा पनि सबैलाई उपस्थित भएर विभिन्न सुझावहरु राखिदिने अनुरोध गरेका छन्। आगामी स्वतन्त्रता दिवस समारोहलाई लिएर यो पहिलो सभा भएकोले आगामी दिनमा अझ वृहत रुपमा सभाको आयोजना गरिने निर्णय गरिएको छ। सभाको निर्णय अनुसार यसपालीको स्वतन्त्रता दिवस समारोहमा खरसाङ महकुमा क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुबाट यसपालीको दशौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण विद्यार्थीहरु, विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने खरसाङ क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, स्वतन्त्रता सेनानीका परिवारहरु, शहीदका परिवारहरु साथै अन्यहरुलाई सम्मान गरिने भएको छ। उक्त सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यो पहिलो सभा रहेको र आगामी दिनमा हुने सभामा अझ वृहत् रुपमा सबैलाई उपस्थित भईदिने अनुरोध गरेका छन्। उनले खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुलाई सभामा उपस्थित भईदिने अनुरोध गर्दै स्वतन्त्रता दिवस समारोहमा विभिन्न विद्यालयहरुको तर्फबाट विभिन्न कार्यक्रमहरु ल्याईदिने अनुरोध पनि गरेका छन्। उनले यसपालीको स्वतन्त्रता दिवस समारोहमा विभिन्न सम्मानहरु विषयमा पनि जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ