भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा महानदी बजारको सार्वजनिक भवनमा आयोजन गरिएको थियो। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षता र भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्माको सञ्चालनमा गरिएको थियो। सभालाई तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइली, नारी शक्ति तीनधारे महानदी समष्टिकी सभापति निरा प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन, तीनधारे महानदी समष्टिको संयोजक राजेश थापा, पञ्चायत समिति सदस्या सरिता मुखिया लगायत महानदी ग्राम पञ्चायतभित्र पर्ने सातवटा बुथहरुका सभापति सचिवहरुले सम्बोधन गरेका थिए।









