गोक, 27 जुलाई(निसं): गत 2017 सालको गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका बिमल शशांकर केवल चौतारोमा सीमित रहेको परिवार पक्षको गुनासो रहेको छ। शहीद शशांकरकी पत्नी अञ्जना शशांकरले अहिलेसम्म केही नपाएकी गुनासो गरेकी छिन्। माटो र जातिको निम्ति आफुले आफ्नो पति गुमाए पछि शहीद बिमल शशांकर केवल परिवार पक्षले निर्माण गरेको चौतारीमा सीमित रहेको उनले जनाइन्। धेरै पटक राजनेताहरु आएर ठुलोठुलो आश्वासन र वचनहरु दिएर गए तर फर्केर कोही आएनन् अनि केही गरि दिएनन् भन्ने शहीदका पत्नी अञ्जनाको गुनासो रहेको छ। आज पनि आफु अनि आफ्नो छोरोसित चुहुने घरमा बस्नु परिरहेको उनको भनाई छ।शहिद दिवसको अघिल्लो दिन शहीद बिमल शाशंकरकी पत्नी अञ्जनाले दुख प्रकट गर्दै भनिन्, कमसेकम शहीदको नाममा एउटा घरै निर्माण गरिदिएको भए पनि केही चित्त बुझ्थ्यो। उनले आज दुःखेसो पोख्दै भनिन्, तर आज केही पाउन नसकेको र शहीद परिवारको निम्ति केही हुनसकेको छैन, शहीदकी पत्नी अञ्जना सिभिक पुलिसमा कार्यरत छिन्, यो नोकरीले उनले आफ्नो परिवार चलाईरहेकी उनले बताइन्।









