खरसाङ्का 68 वर्षीय धावकले पुरा गरे म्यारथन दौढ़

Share this news

खरसाङ, 27 जुलाई (निसं)ः अन्तर्राष्ट्रिय मानव अधिकार एवं अपराध नियन्त्रण संगठन अनि साईन फ्युचर अकादमीको आयोजनामा सिलगढ़ी नजिक नौकाघाटमा सम्पन्न भएको 7.5 किलो मिटर म्यारथन दौढ़मा खरसाङ एथलेटिक्स क्लबका सदस्यहरूले पनि अंशग्रहण गरेका छन्‌‍। क्लबका यी सदस्यहरू मध्ये एक सदस्य रतन मुखियाको उमेर 68 वर्ष रहेको थियो। रतन मुखियाले विभिन्न स्थानबाट आएका धावकहरूसित दौढ़न्दै उक्त म्यारथन दौढ़ पुरा गरेका छन्‌‍। क्लबका सदस्यहरूले उक्त म्यारथन दौढ़मा आइतवार अंशग्रहण गरेर आइतवार नै घर फर्किएका छन्‌‍। क्लबका पदाधिकारी सञ्जय छेत्रीले क्लबका सदस्यहरू उक्त म्यारथनमा अंशग्रहण गर्नको निम्ति आइतवार बिहान चार बजे खरसाङबाट नौका घाटको निम्ति निस्किएको बताउदै यस दौढ़मा क्लबका 68 वर्षीय सदस्य रतन मुखियाले पनि अंशग्रहण गरेर दौढ़ पुरा गरी पुरस्कार प्राप्त गरको बताए। छेत्रीले यस म्यारथन दौढ़मा क्लबका जम्मा 13 सदस्यहरूले अंशग्रहण गरेको बताउदै आगामी दिनमा पनि यस प्रकारको प्रतियोगितामा क्लबका सदस्यहरूले अंशग्रहण गर्ने बताए। तिनेल नौकाघाटमा आयोजित म्यारथन दौढ़मा राज्यको विभिन्न स्थानबाट धावकहरूले अंशग्रहण गरेको पनि बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ