दार्जीलिङ, 4 अगस्त(निसं): दिल्लीमा हुने राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्टको लागि पहाडका 6 जना खेलाडीहरुले बङ्गाललाई प्रतिनिधित्व गर्नेछन्। दिल्ली नोयडामा सात अगस्तदेखि सुरु हुने टुर्नामेन्टमा उनीहरुले खिताब जित्न देशभरिका सब जुनियर बक्सर-हरुसित भिड्नपर्ने हुन्छ।गत 24 जुलाईदेखि क्यापिटल टाउन हलमा आयोजित तीन दिवसीय राज्य स्तरीय टुर्नामेण्टमा स्वर्ण पदक जितेपछि उनीहरु उक्त टुर्नामेण्ट-को लागि छनौट भएका टाउन बक्सिङ अनि जिल्ला बक्सिङ एकाडेमी-ले जनाएको छ।
यसबारे जानकारी गराउँदै एकाडेमी-को पक्षबाट दार्जीलिङमा सम्पन्न तीन दिवसीय राज्य स्तरीय बक्सिङ च्याम्पियनसिप-को आयोजना गर्नमा सहयोग पुर्याउन सबैलाई एकमुष्ठमा आभार प्रकट गरिएको छ।









