अजयले बन्द चियाबारीका 18 जनालाई पाथीभरा दर्शन पठाए

Share this news

पेशोक,22 जुलाई(निसं): एड्वर्ड्स फाउण्डेसन-द्वारा सोमबारको दिन बन्द पेशोक चिया बगानका 18 जनालाई श्रद्धा यात्राको लागि नेपालको पाथीभरा मन्दिर पठाइयो।
बन्द चिया बगानवासीहरुलाई तीर्थ यात्रा गराउन हेतु एड्वर्ड्स फाउण्डेसन-द्वारा श्रद्धा यात्रा अन्तर्गत सोमबार बन्द रहेको पेशोक चियाबगानका 18 जनालाई छिमेकी राष्ट्र नेपालको पाथीभरा मन्दिर दर्शन गराउन लगियो। सावन महिनाको पहिलो सोमबारको विशेष अवसर पारेर बन्द अवस्थामा रहेको पेशोक चियाबारीका 18 जनालाई श्रद्धा यात्राको लागि पठाइने क्रममा आईजीजेएफ केन्द्रीय समितिका वरिष्ठ सदस्य एनबी खवास, तक्लिङ-पेशोक समष्टि संयोजक किरण राई एवं आईजीजेएफ युवा नेतृत्व राब्गे राई अन्यको उपस्थितिमा पुजा गर्दै  साथै सबैको शुभ श्रद्धा यात्राको कामना गर्दै आईजीजेएफ केन्द्रीय समिति सदस्य एनबी खवासले नरिवल फुटाएर शुभकामना प्रकट गर्दै प्रार्थना गरे भने सबै श्रद्धा यात्रीहरुलाई खदा लगाएर बस गाडीमा प्रवेश गराई विदाई दिइयो।

यस श्रद्धा यात्राको अवसरमा आईजीजेएफका वरिष्ठ सदस्य एनबी खवासले भने, विशेष सामजिक कार्यकर्ताको रुपमा चिनिने अजय एड्वर्ड्सको पहलमा श्रद्धा यात्राको थालनी गरिएको छ।विशेष बन्द अवस्थामा रहेका चिया बगानवासीहरुको निम्ति गरिएको पहलकोपहिलो पडाउ तुङसुङ चियाबारीबाट गरिएको थियो अनि बन्द अवस्थामा रहेको पेशोक चियाबारीका 18 जना श्रद्धा यात्रीहरुलाई नेपालको पाथीभरा माताको दर्शन गराउन लगिएको जानकारी खवासले मिडियालाई दिए। खवासले यो यात्रा यही अन्त नहुने बताउदै भोलिको दिनमा बुद्धिष्ट समुदायको निम्ति बौद्ध गया, कलकता गर्दै विविध स्थलहरुमा दर्शन गरिने स्पष्ट पारे । यसै विषयलाई मध्य नजर गर्दै आईजीजेएफ तक्लिङ-पेशोक समष्टि संयोजक राईले एड्वर्ड्स फाउण्डेसन मार्फत आज पेशोकका अठार जनालाई श्रद्धा यात्रामा लगिदै छ् भन्दै यसको श्रेय अजय एद्वर्ड्सलाई जाने बताए भने आजको यात्रा सफल होस् भन्दै पाथीभरा माता प्रति नमन गर्दै अजय एडवर्ड्सको सुस्वास्थ्य र दिर्घायुको कामना माता पाथीभराले पूरा गरिदियोस भनी प्रार्थना पनि गर्दै सबैलाई  बधाई एवं शुभकामना प्रकट गरे। यात्रीहरुले पाथीभरा माता कि जय को नारा लगाउदै पेशोक बाट प्रस्थान गरिएको जानकारी आईजीजेएफका वरिष्ठ सदस्य एनबी खवासले दिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ