भारत बन्दको प्रभाव खरसाङमा परेन

Share this news

खरसाङ, 9 जुलाई (निसं)ः खरसाङमा भारत बन्दको कुनै असर परेन। खरसाङमा सधैँ झैँ यान-वाहनको चलाचल यथावत रह्यो, दोकान-पाट, व्यपारिक प्रतिष्ठान, सरकारी-गैरसरकारी कार्यालय, ब्याङ्क, शैक्षिक संस्थानहरू सबै खुल्ला रह्यो। शहरमा मानिसहरूको चहल-पहल पनि साधैँ झैँ सामन्य रह्यो। खरसाङ भएर सिलगढ़ी जाने गाड़ीहरू पनि गाइरहेका थिए भने सिलगढ़ीबाट आउने गाड़ीहरू पनि सधैँ झैँ आइरहेका थिए। तथापि सिलगढ़ी जाने अनि सिलगढ़ीबाट आउने गाड़ीको संख्यामा भने सधैँको तुलनामा कमी देखियो। भारत बन्दको कारण सिलगढ़ी बन्द रहेको र सिलगढ़ी संलग्न कतिपय स्थानमा तनाउको स्थिति रहेको सुनेर खरसाङका धेरै मानिसहरू आवश्यक काम रहेको भए तापनि सिलगढ़ी झरेनन्। खरसाङ-सिलगढ़ी गाड़ी चलाउने अनइम्प्लोइड संगठनको सेण्डिकेटका सदस्यहरूसित यस बारेमा जान्न चाहादा तिनीहरूले सेण्डिकेटबाट सिलगढ़ी गाड़ी गइरहेको र सिलगढ़ीबाट पनि खरसाङ गाड़ी आइरहेको भए तापनि सधैँको तुलनामा धेरै कम गाड़ी चलेको बताए। तिनीहरूले खरसाङबाट सिलगढ़ीको सेण्डिकेटसम्म नै गाड़ी चलिरहेको र सिलगढ़ीको सेण्डिकेटबाट पनि गाड़ी खरसाङ आइरहेको भए तापनि यात्रीहरूको संख्यामा कमी रहेकोले गाड़ी थोरै चलेको हो भनी बताए। खरसाङबाट सिलगढ़ी पुगेर फर्किएका चालकहरूले सिलगढ़ीमा दोकान-पाट सबै बन्द रहे तापनि यान-वाहनको चलाचल सामन्य रहेको तथापि अघिका दिनहरूको तुलनामा चलाचलमा कमी पाइएको बताए। बुधवार सिलगढ़ीका दोकान-पाट, व्यापारिक प्रतिष्ठानहरू बन्द रहेकाले सिलगढ़ीबाट मानिसहरू निजी वाहन, मोटर बाईक, स्कुटीमा खरसाङ घुम्न आएका पनि देखिए। खरसाङमा समय-समयमा वर्षा भएको भए तापनि यसरी सिलगढ़ीबाट मोटर बाईक, स्कुटीमा आएकाहरू रेनकोट लगाएर भए पनि यहाँको पर्यटन स्थलहरूमा पुगेका थिए। सिलगढ़ीबाट यसरी खरसाङ घुम्न आएका कतिपय बाईक-स्कुटी सवारहरूले अज्ञानतावस बाटो नचिनेर वन्-वेको उल्लंघन गरेकोमा ट्राफिक पुलिस अनि सिभाक भोलिन्टियरहरूबाट जरिमाना खप्न परेको घटनाहरू पनि देखियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ