“आगामी दिनहरुमा जीटीएको भानु जयन्ती, नेपाली साहित्य सम्मेलनको भानु जयन्ती नभएर एउटै मञ्चमा उभिएर भानु जयन्ती मनाउनु पर्छ :” अनित थापा

Share this news

दार्जीलिङ, 14 जुलाई (निसं):आज गोर्खा रङ्गमञ्च, दार्जीलिङ्गमा सूचना अनि संस्कृति विभागको तत्वावधानमा आदिकवि भानुभक्त आचार्यको 211औं जन्मजयन्ती अनि पुरस्कार अलङ्करण समारोह 2025 आयोजना गरियो।समारोहमा साधारण दर्शकहरुको सहभागिता कम्ती रहेकोमा आफ्नो असन्तुष्टि प्रकट गर्दै कार्यक्रमका मुख्य अतिथि जीटीए मुख्य कार्यपाल अनित थापाले भने, “आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती हाम्रो जातीयता दर्शाउने एउटा पर्व नै हो। हामी जाती प्रेमी छौं। जातिको कुरा गर्छौ। तर जब आजको समारोह झैं जातीयता दर्शाउने पर्वहरु आउँछ, त्यहाँ सहभागिता धेरै कम्ती पाउँछु। जातिको पर्वमा जनभेला पनि धेरै हुनु पर्ने थियो। यस कुरा माथि हामीले मनन गर्नुपर्छ।”थापाले अघि भने, ” दार्जीलिङमा वर्षै पछि भानु जयन्ती अलग अलग संस्थाहरुले अलग अलग तरिकाले मनाउने गर्छ। बिहान चौरस्ताम अवस्थित भानु सालिकमा सबैजना एक ठाउँमा देख्छौ त्यसपछि आफनो आफ्नै कार्यक्रममा जान्छन्। आगामी दिनहरुमा जीटीएको भानु जयन्ती, नेपाली साहित्य सम्मेलनको भानु जयन्ती भने अलग अलग कार्यक्रम होइन, एउटै मञ्चमा भानु जयन्ती कार्यक्रम हुनुपर्छ। हामीले यस्ता महत्वपूर्ण कार्यहरुमा एकजूटता देखाउनु नै सकेका छैनौं।”जीटीएले हरेक वर्ष विभिन्न विधाहरूमा उत्कृष्ट कार्यको निम्ति पुरस्कार प्रदान गर्ने गर्छ। आज गोर्खा रङ्गमञ्च, दार्जीलिङ्गमा आयोजित आदिकवि भानुभक्त आचार्यको 211औं जन्मजयन्ती अनि पुरस्कार अलङ्करण समारोह 2025 मा यस वर्षको निम्ति पुरस्कारले अलङ्कृत हुने स्रष्टाहरु निम्न छन्:१. भानु पुरस्कार ( साहित्य विद्या ) : नन्द हाङखिम
२. पादरी गङ्गा प्रसाद स्मृति पुरस्कार ( पत्रकारिता): प्रमोद गिरी
३. डीबी परियार स्मृति पुरस्कार(नाट्य/सिनेमा)- तेज बहादुर बराईली
४. जी डगलस स्मृति पुरस्कार(चित्रकला): सिद्धार्थ राई
५. धनबिर मुखिया स्मृति पुरस्कार(सामाजिक कार्य) मरणोप्रान्त- स्व. पञ्चरत्न प्रधानस्व पञ्चरत्न प्रधान ज्युलाई मरणोप्रान्त धनबिर मुखिया स्मृति पुरस्कार(सामाजिक कार्य) प्रदान गरिएको पुरस्कार उनका पुत्र नवरत्न प्रधान ज्युले ग्रहण गर्नु भयो। उहाँले पुरस्कारमा पाइएको राशिलाई कालेबुङबाट सञ्चालित हुने सामाजिक कार्यमा संलग्न “दिशा” (DISHA) नामक गैरसरकारी संस्थालाई प्रदान गर्नुभयो। यस संस्थालाई स्थापना गर्न स्व पञ्चरत्न प्रधान ज्यूको ठूलो हात रहेको उहाँले बताउनु भयो। जीटीएले वर्ष 2026 देखि उपन्यासकार प्रकाश कोविद अनि लोक गायिका हिरादेवी वाइबाको स्मृतिमा पुरस्कार प्रदान गर्ने सूचना अनि संस्कृति विभागको कार्यकारी सभासद अनाेस थापाले घाेषणा गरेका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ