एक रात होटलमा राखेर भाग्ने प्रेमीलाई 10 वर्षको कारावास सजाय

Share this news

दार्जीलिङ,20 जुलाई(निसं):  सामाजिक सञ्जालमा प्रेम भएपछि प्रेमिकालाई विवाह गर्छु भनी दार्जीलिङ  शहरमा बोलाएर एउटा होटलमा राख्दै एक रात बिताएपछि प्रेमीले बिहान एटीएम-मा पैसा झिक्न जान्छु भनी सुईकुच्चा ठोक्ने विक्की शर्मा उर्फ छेत्री(30)-लाई आज शनिबार दार्जीलिङ जिल्ला अदालतको तेस्रो अदालतले दोषी ठहराउँदै 10 वर्षको सश्रम कारावास सजाय अनि 50 हजार रुपियाँको जरिमाना सुनाएको छ। यदि 50 हजार रुपियाँको जरीमाना भुक्तान गर्न नसके दोषीमाथि अझ थप 6 महिनाको कारावास सजाई थपिनेछ भनी दार्जीलिङ जिल्ला अदालत पब्लिक प्रसिक्यूटर प्रणय राईले जानकारी दिए। पब्लिक प्रसिक्यूटर(पीपी) प्रणय राईले यसबारे थप जानकारी दिँदै भने अनुसार, जोरबङ्लो पुलिस थाना अन्तर्गत मुद्दा नम्बर सङ्ख्या 7/2020 अनुसार बिजनबारी नजिक लोवर किजुङ बस्ती निवासी बिक्की शर्मा उर्फ क्षेत्रीलाई जोरबङ्लो थानाले पक्राउ गरेको थियो। उनीमाथि लगाइएको आरोप लाई गवाईहरूको साक्षी साथै मेडिकल जाँच अनि पुलिस अधिकारीको सर्वेक्षणले दोषी पाएपछि उनलाई अदालतले  कारावासको सजाई सुनाइएको हो।पीपी प्रणय राईले घटनाबारे जानकारी दिँदै भने 25 वर्षीय विकी शर्मा उर्फ छेत्री अनि 20 वर्षीय पीडित प्रेमिका माझ सामाजिक सञ्जालको माध्यमद्वारा परिचय भएको थियो। यस परिचयमा उनीहरूवीच प्रेम सम्बन्ध हुन पुगेको थियो, यसरी सामाजिक सञ्जालको प्रेमलाई विवाह गर्ने प्रस्ताव प्रेमीले उनको प्रेमिकालाई राखेपछि पीडित प्रेमिका दार्जीलिङ शहरमा आएर उनीहरु  दार्जीलिङ शहरको एक होटलमा एक रात बसे, अनि भोलि बिहान लगभग 8 बजीतिर प्रेमी बिक्की शर्मा छेत्रीले आफूसित रुपियाँ नभएको अनि नजिकैको एटीएम-बाट रुपियाँ झिकेर ल्याउने कुरा राख्दै प्रेमिकालाई छोडेर गए तर रुपैयाँ लिन जाने प्रेमीले प्रेमिकालाई झुक्काएर गएको घटनालाई लिएर जोरबंगलो थानाले प्रेमी शर्मालाई पक्राउ गरेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ