
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

तक्मा नपाए तापनि कृष्ण छेत्री अनि लेनिन् राई पहाड़बाट राज्य स्तरीय जुडोमा

जीटीएले ब्याडमिन्टनको स्पनसर अनि हल निर्माण गर्ने

5 वर्षदेखि 14 वर्षसम्मकालाई करातेको प्रशिक्षण प्रदान गरिने

तक्मा नपाए तापनि कृष्ण छेत्री अनि लेनिन् राई पहाड़बाट राज्य स्तरीय जुडोमा
खरसाङ, (मोहन प्रसाद)ः मार्शल आर्ट्स एण्ड फिट्नेस अकादमीका दुई जुडो खिलाड़ीहरू कृष्ण छेत्री अनि लेनिन् राईले कलकत्तामा हालैमा आयोजन भएको 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 मा कुनै तक्मा हासिल नगरे पनि उक्त च्याम्पियनशिपमा सम्भवत प्रथम पल्ट दार्जीलिङ पहाड़बाट आधिकारिक रूपमा आफ्नो सहभागिता जनाएर फर्किएका छन्। खरसाङ्मा पत्रकारहरूसित बोल्दै अकादमीका चेयरम्यान सन्दीप प्रधानले जनाए अनुसार, तिनी धेरै हर्षित रहेका छन्, तिनको अकादमीका दुई विद्यार्थीहरू सम्भवत प्रथम पटक सरकारद्वारा मान्यता प्राप्त स्टेट जुडो च्याम्पियनशिपमा आफ्नो प्रदर्शन गर्न सफल बने। सन्दीप प्रधानले थप जनाए अनुसार, तिनले पाएको जानकारी अनुसार 1970 को दशकमा दार्जीलिङ पहाड़मा कतिपय जुडो खेलाड़ीहरू रहेका थिए तर ती खेलाड़ीहरूले कुनै आधिकारिक प्रतियोगितामा भाग लिएको कुनै जानकारी छैन्। यसैले तिनको अकादमीको यी दुई जना विद्यार्थीले सम्भवत प्रथम पटक पहाड़बाट कुनै आधिकारिक जुडो प्रतियोगितामा भाग लिएका छन्। प्रधानले भने, मेरा विद्यार्थीहरूले अवश्य उक्त तीन दिवसीय जुडो प्रतियोगितामा कुनै तक्मा हासिल नगरे तापनि राज्यको विभिन्न जिल्लाबाट आएका अन्य खेलाड़ीहरू कड़ा फाइट गरेर धेरै ज्ञान प्राप्त गरेका छन्। अवश्य नै आउँदो दिनहरूमा यो अनुभवले यी युवा भाईहरूले राज्य अनि राष्ट्रिय स्तरमा खेल्ने अवसर पाउने छन्। प्रधानले यो पनि जनाए कि जुडो खेल अगावै ओलिम्पिकमा एउटा मान्यता प्राप्त गरिसकेको खेल हो। यस खेलको माध्यमबाट युवा-युवतीहरूले खेलको क्षेत्रमा अघि बढ्न धेरै अवसर अनि सुविधा पाउनु सक्नेछन्। अर्को तर्फ उक्त टुर्नामेन्ट बारे बताउँदै, कृष्ण छेत्री अनि लेनिन् राईले हर्ष प्रकट गरे । तिनीहरूले बताए अनुसार, राज्यको विभिन्न जिल्लाबाट खेलाड़ीहरू यस प्रतियोगितामा रहे तापनि पहाड़बाट अनि गोर्खा समुदायबाट तिनीहरू दुई मात्र थिए। आउँदो दिनमा अझ धेर युवा-युवती पहाड़बाट यस्ता प्रतियोगितामा भाग लियोस भन्ने हामी चाहान्छौँ भनी दुई खेलाड़ीले भने। अकादमीका चेयरम्यान सन्दीप प्रधानले सिलगढ़ीस्थित रंगपानीमा अवस्थित दार्जीलिङ जिल्ला जुडो एसोसिएशनका अध्यक्ष अरुण लामा, महा सचिव चितरञ्जन रोय साथै अन्य सम्बन्धितहरू प्रति कृतज्ञता पनि व्यक्त गरे। ज्ञात रहोस्, अकादमीद्वारा जुडो खेलमा प्रशिक्षण दिने कार्य पनि भइरहेको छ। उक्त 52 औँ पश्चिम बंगाल स्टेट जुडो प्रतियोगिता गत 8 अगस्त देखि 10 अगस्तसम्म कलकत्ताको खुदीराम अन्सुल्न केन्द्र भवनमा सम्पन्न भएको थियो, जसमा राज्यको विभिन्न जिल्लाबाट लगभग 70 भन्दा धेर खेलाड़ीहरूले भाग लिएका थिए।

जीटीएले ब्याडमिन्टनको स्पनसर अनि हल निर्माण गर्ने
यङ्ग सटलर्स दार्जीलिङ्गले स्थानीय नानीहरूलाई लिएर ब्याडमिन्टन कोचिङ्ग क्याम्प चलाइरहेछ। हल किरायामा लिएर यो क्याम्प चलिरहेको थाहा पाएँ। धेरै दिनहरूदेखि सटलर्सले मलाई क्याम्पमा आइदिन निमन्त्रणा दिएको थियो भन्दै जीटीए मुख्य

5 वर्षदेखि 14 वर्षसम्मकालाई करातेको प्रशिक्षण प्रदान गरिने
खरसाङ, (मोहन प्रसाद): खरसाङ स्थित मन्टिभियट ग्राम सुधार समिति अन्तर्गत रहेका पाँचवटा गाउँका पाँच वर्षदेखि 14 वर्षसम्मका बाल-बालिका अनि किशोर-किशोरीहरूलाई करातेको प्रशिक्षण दिईने छ। दर्पणसित कुरा गर्दै मन्टिभियट ग्राम सुधार

तक्मा नपाए तापनि कृष्ण छेत्री अनि लेनिन् राई पहाड़बाट राज्य स्तरीय जुडोमा
खरसाङ, (मोहन प्रसाद)ः मार्शल आर्ट्स एण्ड फिट्नेस अकादमीका दुई जुडो खिलाड़ीहरू कृष्ण छेत्री अनि लेनिन् राईले कलकत्तामा हालैमा आयोजन भएको 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 मा कुनै तक्मा हासिल नगरे पनि उक्त च्याम्पियनशिपमा सम्भवत प्रथम पल्ट दार्जीलिङ पहाड़बाट आधिकारिक रूपमा आफ्नो सहभागिता जनाएर फर्किएका छन्। खरसाङ्मा पत्रकारहरूसित

जीटीएले ब्याडमिन्टनको स्पनसर अनि हल निर्माण गर्ने
यङ्ग सटलर्स दार्जीलिङ्गले स्थानीय नानीहरूलाई लिएर ब्याडमिन्टन कोचिङ्ग क्याम्प चलाइरहेछ। हल किरायामा लिएर यो क्याम्प चलिरहेको थाहा पाएँ। धेरै दिनहरूदेखि सटलर्सले मलाई क्याम्पमा आइदिन निमन्त्रणा दिएको थियो भन्दै जीटीए मुख्य कार्यपाल अनित थापा आज क्याम्पमा उपस्थित भए। सटलर्स दार्जीलिङ्गका सदस्यहरूलाई राम्रो काम भइरहेको बताउँदै बधाइ दिए। जीटीए प्रमुखले सटलर्सद्वारा गरिएको

5 वर्षदेखि 14 वर्षसम्मकालाई करातेको प्रशिक्षण प्रदान गरिने
खरसाङ, (मोहन प्रसाद): खरसाङ स्थित मन्टिभियट ग्राम सुधार समिति अन्तर्गत रहेका पाँचवटा गाउँका पाँच वर्षदेखि 14 वर्षसम्मका बाल-बालिका अनि किशोर-किशोरीहरूलाई करातेको प्रशिक्षण दिईने छ। दर्पणसित कुरा गर्दै मन्टिभियट ग्राम सुधार समितिका अध्यक्ष प्रणय रोकाले जनाए अनुसार, मन्टिभिएटको सार्वजानिक भवनमा आज एउटा मन्टिभियट सभा सम्पन्न भयो। सभामा मन्टिभियट ग्राम सुधार समिति
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन