आजको बन्दलाई माकपाको समर्थन गरिदिने अपिल

Share this news

दार्जीलिङ, 9 जुलाई(निसं): भोलि 9 जुलाईमा बामपंथीहरुले डाकेको भारत व्यापी हडताल श्रमजीवी मानिसहरूको हक तथा अधिकारको लडाई हो, जनबिरोधी नितिको विरुद्धको जनअवाज भएकोले खुलेर सबैले यसको समर्थनमा आउनुपर्ने माकपा (माक्सवादी कम्युनिस्ट पार्टी)-को दार्जीलिङका वरिष्ठ नेता केबी वातरले आव्हान गरेका छन्। वातरले भनेका छन् , भोलि 9 जुलाईको दिन बामपंथीहरुले डाकेको भारत व्यापी हडताल श्रमजीवी मानिसहरूको हक तथा अधिकारको लडाइँ रहेकोले यसलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने माक्सवादी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता केबी वातरले बताएका छन। उनले भनेका छन् ,  यसका साथमा यस हडताल केन्द्र सरकारको जनबिरोधी नितिको विरुद्धको जनअवाज भएकोले खुलेर सबैले यसको समर्थनमा आउनुपर्ने उनको आवहान छ। यो हडताल देशभरीका 30 करोड मेहनती मानिसहरूको हक तथा अधिकारको लडाइ रहेको तथा यस बन्दले मेहनती मानिसहरूले सास फेर्ने मौका पाउनुपर्छ भन्ने हो वातरले बताएका छन। यस्तै यो हडतालमा सयदेखि रोजगार योजनालाई एक सयबाट दुई सयदिन बनाउनु पर्ने, गरिब किसानहरूले आफ्नो खेतमा उब्जाएको उत्पादनले सहि मुल्य पाउनुपर्ने सगै सम्पुर्ण उत्पादनमा एमएसपी (एमएसपी) दिनुपर्ने लगायतको मागको समर्थनमा रहेको वातरले बताएका छन। यसका साथै केन्द्र सरकारद्वारा 2029 सालमा पास गरेको श्रमकोट किसान बिरोधी रहेकोले यसलाई तत्काल खारेज गर्नुपर्ने लगायतको मागको समर्थनमा रहेको वातरले बताएका छन। यसैले सबैले यसलाई गहन रूपमा बुझ्दै गणतन्त्र हनन हुने खतरा विरुद्ध सबै अघि आउदै बन्दलाई सफल पार्नुपर्ने वातरले बताएका छन।
स्मरण रहोस् भारत बन्दको आवहान गरेयता गत केहि सप्ताहदेखि माक्र्सवादी कम्युनिस्ट पार्टीले पहाडको विभिन्न स्थानहरु पोस्टरिङ गर्दै बन्दलाई समर्थन गर्नुपर्ने अपील समेत गरिसकेको छ।

केबी वातर

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ