6 माइलमा प्लास्टिक उपयोग नगरौ सचेतता र्‍याली

Share this news

पेशोक,  6 जुलाई (रिम): दार्जिलिङ-पुलबजार खण्ड द्वारा प्लास्टिक उपयोग माथि जनचेतना जगाउदै हिजो 6 माईल बजारमा एक सचेतता र्‍याली निकालियो।  प्लास्टिक प्रयोग नगर्न विभिन्न नारा लेखिएका प्ल-कार्ड लिएर दार्जीलिङ-पुलबजार खण्ड अनि दवाईपानी ग्राम पञ्चायतको विशेष पहलमा  र्‍याली निकाइएको थियो। अहिले हरेक घर, दोकान, रेस्टुरेन्टहरुमा सिंगल प्रयोगमा आउने प्लास्टिक थैलीहरु निक्कै प्रयोगमा आएको देख्न देखिन्छ भने हरेक खाद्य वस्तु पनि प्लास्टिक प्याकेट-मा देख्न सकिन्छ । ती प्लास्टिक जन्य वस्तुहरु प्रयोग पछि प्रयोग गरे पछि के गर्ने भन्ने बारे के कसरी छुट्टयाएर राख्न सकिन्छ भन्ने व्यवहारिकरणलाई प्रस्तुत गरिएको थियो भनी विभागले बताएको छ।
जानकारी अनुसार, र्‍याली 6 माईल बजार सार्वजनिक भवनमा पुगेर एक कार्यक्रममा परिणत भएको थियो । दवाईपानी ग्राम पञ्चायत उपप्रधान सुनिता भोटियाको पहलमा 6 माइल बजारका पथ पसले,  व्यापारी , स्थानीय समाज एवं क्षेत्रीय जनसाधारणहरुलाई लिएर आयोजित उक्त कार्यक्रममा दार्जीलिङ- पुलबजार खण्ड विकाश कार्यलयको विशेष पहलमा प्लास्टिक उपयोग बन्द गरिनु पर्ने विषयमा सचेतता कार्यक्रम  सम्पन्न गरिएको थियो।उक्त कार्यक्रममा दार्जीलिङ- पुलबजार खण्ड्का संयुक्त खण्ड विकास अधिकारी देनुका राई , युएनओपीएस-का अनुपमा बर्मन, लगायत रंगली-रंगलीयट खण्ड पञ्चायत समितिका सहकारी सभापति ललित राई, दबाईपानी ग्राम पञ्चायतका अशोक मुखिया अन्य उपस्थिति रहेको थियो । कार्यक्रम पछि दार्जीलिङ-पुलबजार खण्ड विकास कार्यलयकी संयुक्त खण्ड विकास अधिकारी देनुका राईले अहिले प्लास्टिक प्रयोग लिएर सबै क्षेत्रहरुमा सचेतना गरिने कार्य भईरहेको जनाउदै प्लास्टिकले के कस्तो प्रभाव पारेको छ् ,त्यो विदितै छ् । यसैले यसको प्रयोग अब उसो नगर्ने अपिल संगै यो सचेतता र्‍याली मार्फत जनाईएको बताइन् भने यूएन ओपीएस-का अनुपमा वर्मनले प्लास्टिक प्रयोग पछि यसलाई त्यसै नफ्याकेर यसको पनि केही उपयोग गर्न सकिने जनाइन् भने रहल भागलाई व्यावस्थापन गर्ने बारे अवगत गराईन् । यता आरआर खण्ड अधिनस्त तक्लिङ-एक ग्राम पञ्चायतद्वारा पनि प्लास्टिक फ्री दिवसको रूपमा पालन गर्दै क्षेत्रमा सर्वसाधारणले प्लास्टिक प्रयोग बन्द गरिदिने अपिल गर्दै र्‍याली निकालीएको थाहा लागेको छ् । उक्त अवसरमा तक्लिङ-एक ग्राम पञ्चायतका सदस्यहरु कर्मचारीहरु, स्थानीय गाउँवासीहरुको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ