मिलिङमा नशालु पदार्थ रोकथाम सचेतनामुलक कार्यक्रम सम्पन्न

Share this news

दार्जीलिङ,30 जुलाई(निसं): मिलिङ चियाबगान बीच गाँउ रङ्गशाला भवनमा नशालु पदार्थ रोकथाम विषय जनचेतनामुलक कार्यक्रम दार्जीलिङ पुलिस जोरबङ्गलो थाना एंवम जुनकिरी एनजीओ-को सयुंक्त तत्वधनमा सम्पन्न भयो ।
कार्यक्रममा विशेष गरेर बर्तमान समय विशेष युवावर्ग नशालु पदार्थको सेवन अनि कुलत तिर धकिलरहेको अवस्थालाई  मध्यनजर राखेर युवाहरुलाई कुलत अनि नशालु पदार्थबाट टाडा राख्न अनि अभिभावकहरूलाई पनि आफ्नो छोरा-छोरीको क्रियाकलाप ‌माथि दृष्टि राख्न उक्त कार्यक्रम आयोजनाको उद्देश्य रहेको कार्यक्रममा जानकारी गराइयो। कार्यक्रममा दार्जीलिङ पुलिसको तर्फबाट साथै जोरबङ्गलो थानाको तर्फबाट प्रशासनको उच्च पदका अधिकारीहरु उपस्थित थिए।साथमा क्षेत्रीय सभासद  राजेश चौहान दिपक प्रधान लगायत अन्य विशिष्ट समाजसेवी व्यक्तिहरुको साथमा कुलत बारे अनि नशालु पदार्थ सेवन बिरुध्द बिभिन्न कार्यक्रमहरुमा उपस्थिति दिएर  युवावर्ग अनि समाजहरुमा सचेतना फैलाउदै आईरहेको प्रिमुश भुटिया प्रमुख अतिथिहरुको स्थानमा उपस्थित थिए। कार्यक्रममा दार्जीलिङ पुलिस अनि जोरबङ्गलो थाना बाट आएको प्रशासनिक अधिकारीहरुले नशालु पदार्थ सेवन अनि यसको कुप्रभाव अनि समाज र परिवारमा देखाह पर्ने कठिनाई र समस्याहरु माथि  आ-आफ्नो मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा क्षेत्रीय सभासद राजेश चौहानले पनि आफ्नो वक्तव्य राख्दै नशालु पदार्थ सेवन मुक्त समाजको निर्माण गर्नको निम्ति समाजको अनि परिवारको हरेक व्यक्तिको जिम्मेवारी जनाए।
प्रभात पाख्रीनले सञ्चालन गरेको कार्यक्रमको अन्त्य प्रिमुस भुटियाले  नशालु पदार्थ सेवन विरुध्द आफ्नो सकारात्मक व्यङ्ग्यत्म वक्तव्य प्रस्तुत गर्दै उपस्थित व्यक्तिहरुलाई हसाँउने कार्य पनि गरियो।
यस कार्यक्रम अवधि यस वर्ष माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा उत्तिर्ण हुने मिलिङ क्षेत्रका विद्यार्थीहरुलाई सम्बर्द्धना जनाउने कार्य ‌पनि गरियो । जसमा माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा सर्वोच्च अंक ल्याउने बिद्यार्थीहरुलाई सभासद् साथै डिपुटी चियरमेन राजेश चौहान अनि कुञ्जुला वाइबाको बाहुलीबाट आर्थिक पुरुष्कार पनि प्रदान गरियो।



Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ