सन्त रोबर्टस स्कूलले भारतीय महिला फुटबल दलका मुख्य प्रशिक्षक कृष्पीन छेत्रीलाई फुटबल जगतमा उनको सफलता र योगदानलाई कदर गर्दै स्कूल हलमा एउटा कार्यक्रम आयोजन गरेर सम्मान जनायो। स्कूल पक्षबाट उनलाई सम्मानस्वरूप गोर्खे टोपी, दोसल्ला सहित स्मृति चिन्ह प्रदान गरियो। खर्साङ सेन्ट मेरीज निवासी कृष्पीन छेत्रीले विभिन्न क्लब अनि राज्यहरूको पक्षबाट शन्तोष ट्रफी, डुराण्ड कप, अनि आइ लीग खेलेपछि प्रशिक्षकको रूपमा विभिन्न महिला फुटबल क्लबहरू जस्तै सेतु एफसी अनि उडीसा एफसीलाई उच्च स्थानमा लैजान सफल बनेका छन्।









