खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सभामा आशा मुखिया लामा सम्मानित

Share this news

खरसाङ,7 जुलाई(निसं): केही समय यता खरसाङ क्षेत्रमा पर्यटन व्यवसायीमाथि कार्य गरिरहेका खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सभा सम्पन्न भएको छ। उक्त सभा एसोसिएसनका सभापति किशोर सिंहको अध्यक्षतामा अनि सचिव राजु गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो। यस सभामा उपस्थित साहित्यकार एंव समाजसेवी आशा मुखिया लामालाई हालैमा पीएचडीको उपाधि प्राप्त गरेकोमा खरसाङ एसोसिएशन फर टूरिज्म एण्ड कन्जरभेशनको तर्फबाट सम्मान जनाइयो। यस अवसरमा उनलाई खदार्पणसहित शल ओढ़ाएर साथै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। सभामा नयाँ सदस्यहरुलाई सदस्यता प्रदान गरिएको छ। त्यसरी नै संगठनमा सदस्यता लिन चाहनेहरुलाई पनि स्वागत रहेको एसोसिएसनले बताएको छ। सभामा खरसाङ क्षेत्रमा रहेका होम स्टे मालिकहरुका विभिन्न समस्याहरु विषयमा चर्चा-परिचर्चा गरिएको छ। त्यसरी खरसाङ क्षेत्रमा पर्यटन व्यवसायलाई कसरी अघि लैजान सकिन्छ भन्ने विषयमा चर्चा-परिचर्चा गरिएको छ। सभामा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सदस्यहरु उपस्थित रहेका थिए भनी एसोसिएसनको तर्फबाट किरण मुखियाले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ