शहरको कतिपय ठाउँमा दोकान-पाट पुन: बाटो ओगेटेर

Share this news

खरसाङ, 13 जुलाई (निसं): खरसाङ नगरपालिका क्षेत्रको विभिन्न बाटोमा पुनः दोकान-पाट लगाउने कार्य भइरहेको छ। कतिपय स्थानमा बाटो छेकेर दोकान-पाट बढ़ाउने कार्य विस्तारै बढ़िरहेको पनि पाइएको छ, जसले गर्दा बाटोमा हिँड्ने मानिसहरूलाई असुविधा भइरहेको छ भनी गुनासो प्राप्त भएको छ। यो समस्याको बारेमा पत्रकारहरूसित बोल्दै स्थानीय कतिपय मानिसहरूले बताए अनुसार, खरसाङ शहर क्षेत्रको कतिपय ठाउँहरूमा विगत झैं फेरि पनि दोकान-पाट बाटो, सड़क किनार र गल्लीहरूमा बढ़िरहेको छ। जसले गर्दा शहरमा विभिन्न काम लिएर आउने मानिसहरूलाई समस्या भएको छ। त्यति मात्र होइन, शहरका प्रमुख मार्गहरूसित संग्लन बाटोहरूमा पनि जुन प्रकारले दोकान लगाउने वा बढ़ाउने कार्य भइरहेको छ, यस्ता कार्यले गर्दा असुविधा मात्र होइन दुघर्टना हुने सम्भावना पनि बढ़ेर गएको छ । साँघुरो बाटोमा हत्तारको बेलामा आउ-जाउ गर्दा बजारको कतिपय ठाउँमा विगत झैं बाटो पार गर्नलाई पर्खना पर्ने स्थिति सृजना भएको छ। बाटोमा दोकान थाप्नेहरूले बाटो नै नओगोटेर जनमानसको असुविधालाई पनि ध्यान राख्नु आवश्यक छ। सम्बन्धित निकायले यस विषयमा सठीक पाईला चाल्न आवश्यक रहेको छ भनी कतिपय मानिसहरू बताएका छन्‌‍। अर्को तर्फ उक्त विषयमा कतिपय फुटपाथमा वा सड़क किनारमा पसल थाप्ने व्यक्तिहरूले बताए अनुसार, गत वर्ष खरसाङ नगरपालिकाद्वारा तिनीहरूलाई फुटपाथ, सड़क किनार, बाटो किनार, गल्लीहरूबाट हटाउने कार्य भएको थियो । लगभग दुई महिना जति तिनीहरूले दोकान थापेनन्‌‍, जसले गर्दा धेरै समस्या भोग्नु परेको थियो । तिनीहरूले भने, हाम्रो रोजीरोटी नै यही हो, यही काम गरेर हामी बुढ़ो भइसकेका छौँ। यस बेला हामी अरु काम पनि गर्न सक्दैनौँ, बाहिर गएर काम पनि गर्न सक्तैनौँ। हामी बाँच्नै पर्छ, परिवार पाल्नै पर्छ। तिनीहरूले बताए अनुसार नगरपालिकाले तिनीहरूलाई हटाएको समय त्यस खरसाङ्को हाट बजारमा दोकान बनाएर दिने भनी आश्वासन खरसाङ नगरपालिका र जीटीएको पक्षबाट दिइएको थियो, यहाँसम्म कि दोकान निर्माणको निम्ति भूमि पूजा पनि भव्यताको साथमा सम्पन्न गरिएको थियो तर अहिलेसम्म दोकानको निम्ति भवन निर्माण गर्ने कार्य शुरू भएको छैन। यस्तो परिस्थितिमा आफ्नो घर र जिवीका चलाउन तिनीहरू यसरी बाटो किनार, सड़क किनार, गल्ली र फुटपाथमा बस्न बाध्य भएका छन्‌‍। एकजना फुटपाथ पसलेले बाटो हिँड्ने मानिसहरूलाई कुनै प्रकारको सुविधा नहोस्‌‍ भनेर धेरै सानो ठाउँमा दोकान थापेर आफ्नो जीवन धान्ने प्रयास गरिरहेको बताए। तिनीहरूले गरिरहेको बताए । उक्त विषयमा खरसाङ नगरपालिकाको पक्षबाट प्रतिक्रिया माग्दा कुनै प्रतिक्रिया पाईएन।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ