लायन्स क्लब खरसाङद्वारा रक्त संग्रह कार्यक्रमको आयोजन

Share this news

खरसाङ, 9 जुलाई (मोहन प्रसाद)ः लायन्स क्लब खरसाङद्वारा विभिन्न सामाजिक कार्यलाई अघि बढ़ाउँदै खरसाङको एउटा टीम दार्जीलिङस्थित जोरबंगलो पुगेर रक्तदान शिविरको आयोजना गरेको छ। खरसाङमा पत्रकारहरूसित बोल्दै, लायन्स क्लब अफ खरसाङका वरिष्ठ प्रतिनिधि साथै सचिव आयुष गुप्ताले जनाए अनुसार, लायन्स क्लब खरसाङले जोरबंगलो ट्राफिक पुलिस अनि लायन्स क्लब दार्जीलिङका सदस्यहरूको सहयोगमा दार्जीलिङ महकुमा अन्तर्गत रहेको जोरबंगलोको टाईगर हिल रोड सार्वजनिक भवनमा एउटा रक्तदान शशिविरको आयोजना गर्‍यो। यस अवधि रक्तदानको निम्ति क्षेत्रका धेरै मानिसहरू उत्साहित बनेर रक्तदानको निम्ति आएका थिए। उक्त शिविरमा मोठ 44 यूनिट रक्त संग्रह गरिएको सचिव गुप्ताले जनाएका छन्। तिनले थप जनाए अनुसार, संग्रह गरिएको रगत लायन्स तराई ब्लड सेन्टर सिलगढ़ीमा पठाइएको छ। उक्त रक्तदान शिविरको अध्यक्षता नवीन अग्रवालले गरेका थिए भने लायन्स क्लब खरसाङका अध्यक्ष विवेक गोयल, सचिव आयुष गुप्ता संगै जोरबंगला ट्राफिक पुलिसका प्रतिनिधि, दार्जीलिङ लायन्स क्लबका प्रतिनिधिहरूको पनि उक्त कार्यक्रममा विशेष सहभागिता रहेको थियो। गुप्ताले बताए अनुसार, गत केहि महिना अघि पनि लायन्स क्लब खरसाङद्वारा कतिपय संगठनहरूको सहयोगमा रक्तदान शिविरको आयोजना गरिएको थियो भने आउँदो दिनहरूमा पनि क्लबद्वारा जनहितमा अन्य विभिन्न सेवा कार्यहरूलाई अघि बढ़ाइन्दै लगिनेछ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ