पर्वतारोही प्रतिमा राईलाई घूममा सम्बर्द्धना

Share this news

दार्जीलिङ, 29 जुलाई (निस) : किराँती खम्बु राई कल्याण समिति घूम शाखा किराँती समिति घूम शाखा अनि माउण्टेन हेरिटेज विद्यालयको संयुक्त आयोनामा पर्वतारोही प्रतिमा राईलाई एक कार्यक्रमवीच सम्बर्द्धना जनाइयो। किराँती खम्बु राई सांस्कृतिक संस्थानका पूर्व अध्यक्ष प्रतापसिंह राई एवम् वर्तमान सचिव उद्यान चामलिङ राईको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रम नेपाली साहित्य क्षेत्रका अग्रेणी साहित्यकार सचिन राई दुमीले समाध्यक्षको भार ग्रहण गरेका थिए। उक्तकार्यक्रममा किखरासांस-का बतासे शाखा नोखग्ला शाखा, रंगबुल शाखा आलुबारी शाखा अनि पूबोङ् फाटक शाखाकर प्रतिनिधिहरूकघो पनि उपस्थित रहेको थियो। कार्यक्रममा गत 18 मईको दिन सगरमाथाको चुचुरोमा पाइला टेक्ने विश्व किर्तमान बनाउनमा सफल भएकी घूम दिलमाया बस्ती निवासी साथै यसै किँरात खम्बू राई कल्याण समितिका एक सदस्य आशकुमार राईको छोरी प्रतिमा राईलाई प्रसस्ती-पत्र पत्र एवं नगद राशी 50 हजार रुपियाँ प्रदान गरी सम्मान जनाइयो। उनको यो कलिलो उमेरमा ऐतिहासिक एवं साहसिक कार्यले खम्बु राई जाति मात्र नभई सम्पूर्ण पहाङवासीलाई गौरावन्वित तुल्याएकोमा सम्पूर्ण सदस्य लगायात विद्यालयका पक्षबाट खदा अर्पण गरी बधाई टक्राइयो। कार्यक्रमा किराँत खम्बु कल्याण समिति घूम शाखाका सदस्यहरूद्वारा सिल्ली प्रस्तुत गरिनुका साथै विद्यालयका विद्यार्थीहरूद्वारा नृत्य एवं गीतहरू प्रस्तुत गरियो भनी शाखाका सचिव दिनेश थुलुङले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ