बिजनबारीमा कुकुरहरूको एकदिने नसबन्दी शिविर 

Share this news

बिजनबारी, 11` जुलाई (निसं) घर पालित तथा भुस्याह कुकुरहरूलाईप लिएर बिजनबारीमा एक दिने नसबन्दी शिविरको आयोजना गरेको छ। दार्जीलिङ पुलबजार खण्ड प्राणी सम्पदा विकास विभाग, बिजनबारीको पहलमा तथा बिजनबारी पुलबजार ग्राम पञ्चायतको सहयोगमा आज भएको शिविरमा लगभग 21 भन्दा धेर घर पालित तथा भुस्याह कुकुरहरूको नसबन्दी गरिएको छ। बिजनबारी खेलमैदान स्थित सार्वजनिक भवनमा भएको शिविरमा बिजनबारी-पुलबजार ग्राम पञ्चायतका प्रधान पद्मा सुब्बाले अवलोकन गर्दै उनले भनिन्, बिजनबारी बजारमा भुस्याह कुकुरहरूको बढदो जन संख्या कारण नै मानिसहरूलाई हिडडुल गर्न धेरै जोखिमपूर्ण बनिसकेको थियोे। अब यस प्रकारको पशु जन्म नियन्त्रण तथा भुस्याह कुकुरहरूको नसबन्दी गर्नले भुस्याह कुकुरहरूको रगरगी घट्नेछ । यसका साथै भुस्याह कुकुरहरूबाट मानिसहरूमाथि हुने आक्रमणदेखि मानिसहरूले छुटकारा पाउने विश्वस्त रहेकी सुब्बाले  बताइन् ।
शिविरमा पशु आश्रय लेबुङबाट डा.रिगेल लामा अनि उनका टोलीको उपस्थिति रहेको  थिए भने दार्जीलिङ पुलबजार खण्ड प्राणी सम्पदा विकास विभाग,बिजनबारीका बीएलडीओ डा.उत्तममणि प्रधान, एमभीसी अधिकारी  डा.साङ्गे चोनी लामा, एलडीए बिष्णु भण्डारी, एमभीसी कर्मचारी आशिका सुब्बा (पाखरिङ्ग) लगायतका अन्यहरूको उपस्थिति थिए। यसरी क्षेत्रवासीको हितमा आएर शिविर गरिदिएकोमा सचिव मणिइजम सुब्बाले विभागप्रति कृतज्ञता जनाएका छन।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ