RB Rai Award

पाँचौ आर.बी.राई पुरस्कार समीर राई शान्तिलाई प्रदान

Share this news

साझा साहित्य सरंक्षण संस्था गोरूबथानद्वारा पाँचौ आर.बी. राई पुरस्कार बरिष्ठ साहित्यकार तथा संगीतकार समीर राई शान्तिलाई अलङ्करण गरियो भने गोरूबथान नागरिक सम्मान बरिष्ठ पत्रकार अरुण कुमार राईलाई नागरिक सम्मान जनायो। गोरुबथान सोमबारे बजार स्थित सद्भाव मण्डप भवनमा आयोजित ३४ औं नेपाली भाषा मान्यता दिवस‌‌‌ पालन समारोहमा दुइ व्यक्तित्वलाई सम्मान जनाएको हो।

विशिष्ट समाजसेवी र लेखक विलियम फिपनको अध्यक्षतामा आयोजित कार्यक्रमको आरम्भ प्रमुख अतिथि पूर्व लोकसभा सांसद आर.बी. राईको बाहुलीबाट दीप प्रज्वलनबाट गरिएको थियो भने स्वागत वक्तव्य संस्थाका सचिव रुस्तम शर्माले राखे। समारोहमा
डा. सोनाम चुक्छे कृत मदिराको सभा लघुकथा संग्रह आजको प्रमुख अतिथि, साथै विशिष्ट अतिथिहरूको हातबाट बिमोचन गरियो।
कार्यक्रममा अतिथि कवि सुरक्षा भुजेल (सामसिङ)ले कविता वाचन गरेका थिए भने कविता वाचनको क्रममा युद्धबीर उच्चतर माध्यमिक विद्यालयका छात्र आयुष राईले मीठो कविता वाचन गरेका थिए। समारोहमा ४३ नम्बर समष्टि सभासद रतन थापा, बरिष्ठ साहित्यकार सुवास सोताङ, पञ्चायत समिति सभापति सूर्यमणि राई, शिशिर चन्द्र राई आदि उपस्थित थिए ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ