तक्लिङ-1 ग्राम पञ्चायतमा ल्याण्ड म्यूटेसन दोस्रो शिविर 

Share this news

पेशोक-बडा मंगवा, 22 जुलाई (निसं):वितेका धेरै समयदेखि हुन् नसकेको ल्याण्ड म्यूटेसन-को कार्यलाई सफल गर्न रंगली-रंगलीयट खण्ड पञ्चायत समितिको पहलमा सोमबार दोस्रो चरणको ल्याण्ड म्यूटेसन माथि शिविर तक्लिङ-1 ग्राम पञ्चायतमा सम्पन्न भयो। विशेष गरेर धेरै घर परिवारहरुको जमिनको कागज-पत्र, छोरा-छोरी वा जिवित व्यक्तिको नाममा जमिनको नामसारी वा नबनिएको थुप्रै समस्याहरु लिएर आज बडा मंगवा बस्ती, तक्लिङ, छोटा मंगवा आदि क्षेत्रका मानिसहरुको आगमन देखियो भने धेरैको कागज पत्रहरु बनाएर नाम सार्नु पर्ने, नाम छुट्याउनु पर्ने ,लिगल हेयर अनुरुप कार्य गरिनु पर्ने धेरैले बुझेर आफ्नो कागजात लिएर आएका थिए भने कतिपयले बुझ्न मात्र पनि आएका थिए भनी शिविरले जानकारी गराएको छ।यस विषयमा रंगली-रंगलीयट खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीले भने अनुसार, पञ्चायती राज प्रणाली पहाड्मा लागू भएपछि मानिसहरुको थातीमा रहेको वा धेरै समय देखि अड्किएर बसेको काम आजको यो शिविर मार्फत बनिन लागेको छ् । ल्याण्ड म्यूटेसन-को अल्जो धेरै जनाको छ् भन्दै आज सम्भवत यो दोस्रो शिविर तक्लिङ-1 ग्राम पञ्चायत कार्यलयमा आयोजना गरिएको प्रष्ट पारे। विशेष लहरे पट्टा माथि राखिएको प्रथम शिविर पुबुङ रामपुरिया ग्राम पञ्चायतमा आयोजना गरिएको जहाँ  लगभग 51 जना आवेदकहरुले ल्याण्ड म्यूटेसनको लागि आवेदन गरेका थिए भनी सभापति छेत्रीले बताउदै पञ्चायती राज प्रणाली मार्फत अनि जीटीए प्रमुख् अनित थापाको विशेष पहल अनुसार यो शिविरको आयोजन गरिएको जसमा पञ्चायत समिति अधिनस्त भुमी औ भुमि सुधारका कर्मध्यक्षको ठूलो सहयोग अनि ग्राम पञ्चायतको पनि सहयोग रहेको जनाए। लहरे पट्टाको समस्या लिएर आएका धनकुमार विश्वकर्मले पनि आफू ल्याण्ड म्यूटेसन-को काम लिएर आज आएको बताए भने यस कार्यले ग्रामवासीलाई धेरै सहयोग पुगेको बताए। आफुले यस् शिविर मार्फत आफ्नो काम गर्न लागिपरेको जनाए ।
ग्राम पञ्चायत स्तरमा नै ल्याण्ड म्यूटेसन-माथि शिविर आयोजना गरिएको कारण स्थानीय ग्रामवासीको लागि ठूलो उपकार भएको स्थानीयहरुले मत व्यक्त गरे। यस कार्यको निम्ति रंगली-रंगलीयट खण्ड विकास कार्यलयबाट बीएलआरओ विभाग लगायत एसआरओ-2, आरआई, यूडीसी अनि आरआई-को उपस्थितिमा कार्य सम्पन्न गरिएको थियो भने ग्राम पञ्चायत कार्यलयका कर्मचारीवर्ग, ग्राम पञ्चायत सदस्य्हरु, ग्राम प्रधान आदि पनि आफ्नो कार्यलयमा व्यस्त देखियो।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ