गायक अनिल फागोको गजल सार्वजनिक

Share this news

मजुवा, 12 जुलाई(निसं):आफ्नै चेलाद्वारा चडाएका उपहार स्वरूप अनिल फागोको गजल सार्वजनिक गरिएको छ। सुरभि कला केन्द्र परिसरमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा गीतकार, साहित्यकार आचर्य प्रभा अनि विशिष्ठ अतिथिहरूमा गायक रविन कन्दङ्वा लगायत अन्य विशिष्टजनको उपस्थितिमा आफ्नै चेलाद्वारा गुरूको जन्मदिनमा उपहार स्वरूप अनिल फागोलाई चडाएको गजललाई संगीतबद्ध गरिएको अनि आफ्नै स्वरमा अनिल फागो  गजलको सार्वजनिक भएको हो। यस गजलको शब्द चर्चित उपन्यासकार कृष्ण अविरलको हो भने उक्त गजलको म्युजिक एरेञ्जर उज्वल सागरले गरेका हुन्। उक्त गजल म्युजिक भिडियो सार्वजनिक सम्बन्धमा फागोले बताए अनुसार, गत 2011 सालको कुरो हो,जतिबेला किशोर अवस्थाका उज्वल सागर, मेनुका पौडेलहरू म संग संगीत सिक्दै थिए, त्यो बेला कक्षामा समय समयमा म मेरो संगीतबद्ध सृजनाहरू उनीहरूलाई सुनाउने गर्थे, ती मध्ये मेरो एउटा सृजना उज्वल सागरले कण्ठस्थ गरेर  14 बर्षपछि स्वयंले एरेञ्ज गरी मेरो जन्म दिनमा, जन्मदिनको आश्चर्यजनक उपहारको रूपमा पठाए छन्। उनले चडाएका उक्त गुरू दक्षिणा जन्मदिनको उपहारप्रति आफु सन्तुष्ट रहेको तथा यो उपहार पाउदा अवाक् भएँ, खुशी पनि लाग्यो। त्यसपछि यसलाई हामीले रेकर्ड गर्‍यौ र बिहीबार  गुरू पुर्णिमाको अवसरमा प्रज्वल सागरले यो म्युजिक भिडियोलाई गुरू भेट स्वरूप सम्पूर्ण श्रोताको निम्ति सुम्पेको उनले बताए।
 स्मरण रहोस, अनिल फागो गत केही वर्षदेखि दमक नेपालमा सुरभि कला केन्द्र संगीत विद्यालय सञ्चालन गर्दै संगीत प्रशिक्षकको कार्यमा अनुशासित गुरूको भूमिका निर्वाह गर्दै आइरहेका छन्। उनी रेलिङ क्षेत्रका एक उदयमान युवा गायक,संगीतकार हुन उनले दर्जनौं गीत,संगीतको सृजना गरेर रेकर्डिङ गरिसकेका छन्। सुरभि कला केन्द्र दमक नेपालका विद्यार्थीहरूद्वारा गुरू दिवसको रूपमा आयोजित सङ्गीतमय कार्यक्रममा सार्वजनिक  जीन्दगानी कर्कलाको-गजल अनिल फागो क्रिएशन युट्युबमा उपलब्ध छ, जहाँबाट उक्त गजल सुन्न सकिने बताए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ