सुब्रोतो कप अण्डर-17 खेल्न पङ्खाबारी स्कूलका छात्राहरू अलिपूरद्वार प्रस्थान

Share this news

पङ्खाबारी,2 जुलाई (निसं)ः डिस्ट्रिक काउन्सिल फर स्कूल्स गेम्स एण्ड स्पोर्ट्स, पश्‍चिम बंगालको आयोजनमा सम्पन्न हुन गइरहेका इन्टर स्कूल क्लस्टर लेबल प्रि सुब्रोतो कप फूटबल प्रतियोगिता 2025, आलीपुरद्वारको सन्तालपुर मिशन हाइ स्कूलको खेल मैदानमा अण्डर 17 खेल खेल्न पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयका छात्राहरु बुधवार बिहान विद्यालयका दल प्रबन्धक शिक्षक हेमन्त थापा, टीम कोच शिक्षक विशाल तामाङ सहित विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै शिक्षिका सुमित्रा रावत प्रस्थान गरे। तिनीहरूलाई विद्यालयका शिक्षक प्रभारी देवेन गजमेर, सह शिक्षक सुबोद लामा, सह शिक्षक प्रनित राणा लगायत राइजिङ इग्लिस स्कूल,गाडीधुराका निर्देशक अनुप रामुदामु, गाडीधुरा निवासी सुवास छेत्री, विद्यालय व्यवस्थापन समिति सदस्य कुनाल छेत्री सहित भूतपूर्व विद्यार्थी मिना विश्‍वकर्मले सफलताको शुभकामना अनि आर्शिवाद दिए। हालसम्म पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयले खेलसँगै माध्यमिक तथा उच्च माध्यमिक परीक्षाहरूमा पनि अवल स्थान ओगट्न सफल बनेका छन् भनि शिक्षक प्रभारीले जानकारी दिएका छन् भने यी विद्यार्थीहरुका सार्वगिङ्ग विकासमा कुनै बाँकी छोडन नहुने विद्यालयका सम्पूर्ण शिक्षण अनि अशिकक्षण कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । यस अवधि शिक्षक प्रभारी देवेन गजमेरले आज हाम्रा यी विद्यार्थीहरूका अतिरिक्त खेल विधाहरुमा जीटीए प्रमुख कार्यपाल अनित थापा साथै विद्यालयकी पूर्व प्रधान अध्यापिका, विद्यालय व्यावस्थानपन समिति अध्यक्ष साथै जीटीए कार्यकारी सभासद कल्पना प्रधानद्वारा सदैव मार्गदर्शकका अहम् भूमिका निर्वाह गरिदिएकोमा सम्पूर्ण विद्यालय परिवार अनि विद्यार्थीहरूको पक्षबाट आभार व्यक्त गरे। डिस्ट्रिक काउन्सिल फर स्कूल गेम्स एण्ड स्पोर्ट्स, पश्‍चिम बंगाल सरकारको आयोजनमा सम्पन्न हुन गइरहेको यस अन्तर विद्यालय क्लस्टर लेबल प्रि सुब्रोतो कप फूटबल प्रतियोगिता 2025 को अघिल्लो खेल खेल्नको निम्ति विशेष जानकारी गराउँन विद्यालयका छात्राहरूसँग विद्यालयका परिवारहरू मंगलवार पिन्टेल भिलेजमा जीटीए प्रमुख अनित थापासँग भेट गर्न तथा उनीबाट आशिर्वाद लिन गएका थिए। त्यसै समय थापाले यस खेलको निम्ति विद्यालयका खेलाड़ीहरूलाई सहयोग गर्ने वचन दिँदै सहयोग प्रदान गरेका थिए भन्दै उनको यस सहयोगप्रति विद्यालयको पक्षबाट अझ आभार व्यक्त गरेका छन् । त्यसरीनै विद्यालय निर्माणदेखि लिएर अन्य सबै क्षेत्रमा सभासद् कल्पना प्रधान अनि जीटीए प्रमुखले धेरै सहयोग पुर्‍याएको जनाउँदै गजमेरले उनीहरूलाई धन्यवाद दिएका छन् भनि विद्यालयका सह शिक्षक सुबोद लामाले जानकारी दिइका छन् ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ