सुदन हमलाकाण्ड मुद्दा उच्च न्यायालयको प्रधान पीठमा पुग्यो

Share this news

दार्जीलिङ,21 जून (निस): जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) क्षेत्रमा भएको अवैध शिक्षक नियुक्ति बिरुद्ध लडिरहेका गोखां प्राथमिक प्रशिक्षित शिक्षक संगठनका सुदन गुरूङमाथि भएको हमलाकाण्डको मुद्दा जलपाईगडी सर्किट वेञ्चको न्यायलयको एकलपीठले कलकत्ता उच्च न्यायालयको प्रधान पीठमा स्थानान्तरण गर्ने आदेश दिएको जानकारी सुधन गुरुङ विज्ञमिमार्फत् दिएका छन्। ज्ञात रहोस्, शिक्षा अभियानता सुधन गुरूडमाथि प्राणघातक हमला भएपश्चात सुधन गुरूङले उच्च न्यायलयमा यस बिरुद्ध उच्च न्यायलयमा मुद्दा दर्ता गरेका छन्। कलकत्ता उच्च न्यायालयको जलपाइगुढ़ी सर्किट बेन्बले उक्त दायर गरिएको रिट याचिकालाई कलकत्तास्थित प्रधान पीठमा (प्रिन्सिपल बेञ्चमा) स्थानान्तरण गर्ने आदेश दिएको छ। याचिकामा जीटीए क्षेत्र अन्तर्गत शिक्षक नियुक्तिमा व्यापक अनियमित्तता र सुथन गुरूरूडमाथि भएको सुनियोजित हम्लाकाण्डको स्वतन्त्र अनु‌सन्धानको माग गरिएको जसमासुधन गुरूङमाथि भएको आक्रमण सम्बन्धि एफआईआर नम्बर ५२/२०२५ को स्वतन्त्र अनुसन्धान सीबीआई वा अदालतको निगरानीमा एसआईटी मार्फत गरिनुपर्ने, जीटीए अन्तर्गत स्वयंसेवक शिक्षकहरूको अनियमित र अबैध नियुक्ति र स्थायीकरणमामाथि तथाशीघ्र रोक लगाइनुपर्ने, जुन प्रक्रियाविहीन र भ्रष्टाचारयुक्त रहेको दाबी गरिएको छ। जीटीए अन्तर्गत शिक्षकहरूको नियुक्ति प्रक्रियामा कुनै सार्वजनिक अधिसूचना र योग्यता परीक्षण बिना, सरकारी नियम उल्लंघन गरेर राजनैतिक सम्बन्ध र पैसाको बलमा नियुक्ति गरिंदै आएको छ। यस्ता अनियमितताहरू उजागर गर्न क्रियाशील रहेकै कारण याचिकाकर्तामाथि आक्रमण भएको जसको आधारमा एफआईआर दर्ता गरिएको दाबी याचिकामा गरिएको छ। न्यायलयले दुवै पक्षको अडान सुनेपश्चात यी विषयहरू प्रारम्भिक रूपमा कलकत्ता उच्च न्यायलयमा चलिरहेको मुद्दासँगै पनि सम्बन्धित भएकाले दुबै रिट एउटै पीठमा सुननु उपयुक्त ठहर गरिएको, त्यसैले सुधन गुरुङमाथि भएको हमला काण्डको याचिका सर्किट इजलासबाट मुक्त गरिएर सो मुद्दा कलकत्तास्थित प्रधान पीठमा स्थानान्तरण गरी संयुक्त रूपमा सुत्र सूचीबद्ध गरिएको सुधन गुरुङले विज्ञप्तिमा बताएका छन्। उनले भनेअनुसार विभागलाई फाइल स्थानान्तरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिइयो। जीटीए शिक्षक अनि गैर शिक्षण नियुक्ति प्रक्रियामा भइरहेको अनियमितता राजनीतिक हस्तक्षेपको पृष्ठभूमिमा आएका यो आदेश मुद्राको थप न्यायिक परीक्षणका लागि मार्ग प्रशस्त गर्ने विश्वास उनले व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ