आइजीजेएफ-को दार्जीलिङ नगरपालिका कार्यालयमा आयोजित सांगठनिक सभामा अजय एडवर्ड्सको उपस्थितिमा चुङथुङ मेरीबुङ, तामसाङ समष्टिको लिजाहिल क्षेत्रका बी.जी.पी.एम. अनि भा.ज.पा-का समर्थकहरुले कप्तान महेन्द्र राईको नेतृत्वमा आइजीजेएफ-मा समर्थन जनाए। एडवर्ड्सले उनीहरुलाई आइजीजेएफ परिवारमा खुल्ला मनले स्वागत जनाए।
