सर्दोङ लामा गाउँ युवा संघको हरियाली यात्रा

Share this news

गत 26 जूनदेखि सुरु गरिएको सर्दोङ लामा गाउँ युवा संघको “फूलबारी मिसन” नामक बिरुवा रोपनी कार्यक्रम आइतबार सफलतापूर्वक सम्पन्न गरिएको थियो। मानेबुङ देन्ताम क्षेत्रअन्तर्गत पर्ने सर्दोङ–लुङ्जिक ग्राम पंचायत एकाइका विभिन्न गाउँहरूमा क्रमश सञ्चालन गरिएको यस अभियानले सम्पूर्ण गाउँलाई हरियाली बनाउने उद्देश्य बोकेको छ।

“फूलबारी मिसन” कार्यक्रमको औपचारिक समापन गर्दै संघका सदस्य सबीर गुरुङले अभियानलाई अब 2029 सम्म निरन्तरता दिने लक्ष्य राखिएको जानकारी गराएका थिए। यस अभियानको मूल प्रेरणा सिक्किम राज्य सरकारद्वारा सञ्चालित वृक्षारोपण कार्यक्रमसँगै राज्यको स्वर्ण जयन्ती पचासऔं वर्षगाँठ मनाउने भावनासँग जोडिएको छ। कार्यक्रम अन्तर्गत प्रत्येक गाउँ, शैक्षिक संस्थान, निजी कार्यालय र सडक किनारहरूमा विभिन्न प्रजातिका बिरुवाहरू, र फूलहरु रोपिएका छन्। यसले वातावरण संरक्षणसँगै सामाजिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा गेजिङ जिल्ला अन्तर्गत 03 मानेबुङ – देन्ताम पश्चिम क्षेत्रका विधायक सुदेस कुमार सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहे भने जिल्ला उपाध्यक्ष अनिता राई, क्षेत्र सभापति डिएन शेर्पा, युवा संयोजक राजमान गुरुङ, पूर्व विधायक दीपक गुरुङ, स्थानीय जनप्रतिनिधिहरू, गाउँवासी र युवा संघका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय उपस्थिति तथा सक्रियता देखिएको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ