भानु स्मृति कार्यक्रम तथा अर्धवार्षिक परीक्षा परिणाम वितरण 

Share this news

दार्जीलिङ,18 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा पुर्‍याएको अमूल्य योगदानलाई सम्झिँदै शालोम इङ्ग्लिश स्कूल, सानो हट्टाले एक मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम भानु स्मृति कार्यक्रम आयोजना गर्यो। यस अवसरमा अर्धवार्षिक परीक्षा नतिजा वितरण कार्यक्रम पनि सम्पन्न भयो भनी स्कुलले बताएको छ। स्कुलको जानकारी अनुसार, कार्यक्रममा विविध साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिएको थियो, जसमा,कविता वाचन प्रतियोगिता,नेपाली साहित्य सम्बन्धी क्विज प्रतियोगिता, परम्परागत सांस्कृतिक नृत्यहरू, जस्तै मारुनी नृत्य,खम्बु सिल्ली,तामाङ सेलो, गुरुङ घाटु नृत्य, साङ्गिनी नृत्य,शेर्पा नृत्य, लिम्बू नृत्य समावेश थियो। प्रत्येक नृत्यसँगै त्यसको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे छोटो व्याख्या पनि गरिएको थियो, जसले विद्यार्थी र दर्शकलाई नेपालको सांस्कृतिक विविधताबारे ज्ञान प्रदान गर्‍यो।कार्यक्रमका मुख्य अतिथि कवि सुवास ठकुरी( युवा साहित्य अकादमी पुरस्कार) र विशेष अतिथि कवयित्री आशा लिङ्देन, विद्यालयकी पूर्व शिक्षिका। विद्यालय परिवारले सुवास ठकुरीलैइ उनको चर्चित कृति जुनको आँसु-का लागि बधाई दिइयो भने, आशा लिङ्देनलाई उनको पहिलो कविता संग्रह ओझेलको उज्यालो-को सफल प्रकाशनका लागि शुभकामना व्यक्त गरियो।सम्पूर्ण कार्यक्रम विद्यालयकी नेपाली शिक्षिका दीपा राईद्वारा संयोजन गरिएको थियो। कार्यक्रमको विशेष आकर्षण  सबै विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले परम्परागत पोशाकमा सहभागी थिए। थियो, कार्यक्रमको अन्त्यमा अर्धवार्षिक परीक्षा नतिजा वितरण गरिएको थियो, जसपश्चात् शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया सत्र सम्पन्न भयो।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ