सिलगढ़ीबाट चिसो हावा खान आउने पर्यटकहरूको संख्यामा वृद्धि

Share this news

खरसाङ, 27 जुलाई (निसं)ः वर्तमानमा मधेशमा उखरमाउलो गर्मी रहेको छ, उखरमाउलो गर्मीबाट राहत खोज्दै सिलगढ़ीबाट धेरै मानिसहरू खरसाङ घुम्न आइरहेका छन्‌‍। शनिवार सिलगढ़ी अनि संलग्न क्षेत्रबाट धेरै मोटर बाईक सवारहरू खरसाङ आएका थिए। यी मोटर बाईक सवारहरू खरसाङ्को डाउहिल, नयाँ बस्ती आदि क्षेत्रमा घुम्न गएका थिए। मोटर बाईकमा आएका यी पर्यटकहरू मध्ये धेरैले घुमेर बेलुका फर्किने बताए भने कतिपयले शनिवार अनि आइतवार बसेर सोमवार बिहानै फर्किने पनि बताए। मोटर बाईकमा घुम्न आएका पर्यटकहरू मध्ये कतिपय युगल जोड़ी पनि रहेका थिए। सिलगढ़ीको सुवास पल्लीबाट खरसाङ घुम्न आएका एक पर्यटक देवाशीष साहसित प्रश्न गर्दा वर्तमानमा सिलगढ़ी औधि गर्मी रहेको बताउदै शनिवार अनि आइतवार विदा रहेकोले साथीहरूसित घुम्न आएको बताए। तिनले नयाँ बस्तीको एउटा होमस्टेमा बसेर सोमवार बिहानै फर्किने योजना रहेको बताए। तिनले खरसाङ घुम्न मोटर बाईकमा आउन सहज र कम दुरी रहेको बताउदै बाईकमा आउँद बाटोमा पुलिसले दुई-तीन ठाउँ जाँच गर्ने गरेकोले दिक्क लागेको पनि बताए। तिनले भने, सिलगढ़ीबाट खरसाङ आउँदा रोहिणी पार गरेपछि एसीमा पसेको जस्तो लाग्छ। मोटर बाईकमा खरसाङ आइपुग्न एक घण्टा भन्दा केही अधिक समय लाग्छ। हामी खरसाङ पटक-पटक आएका छौँ। कुनै समय घुमेर फर्किन्छौँ, कुनै समय बसेर जान्छौँ। कुनै कुनै समय परिवारको साथमा गाड़ीमा पनि आउने गरेका छौँ। खरसाङ्मा ड्युटीमा खटिएका एक सिभिक भोलिन्टियरले पनि शनिवार बाह्रबजेपछि सिलगढ़ीबाट मोटर बाईकमा आउने पर्यटकहरूको संख्यामा वृद्धि देखिएको बताए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ